१५ वैशाख २०८१ शनिबार
image/svg+xml

एमालेको जनप्रदर्शन सुरु

मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो। जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिबाटिकामा पुगेर समापनसभामा परिणत हुनेछ।

किरात प्रदेश नामाकरण माग गर्दै खोटाङमा जनप्रदर्शन

जनप्रदर्शनमा सहभागीहरुले १ नं. प्रदेश, किरात प्रदेश, प्रदेशको नाम किरात राख, पहिचान र सभ्यताको आधारमा किरात प्रदेश लगायत लेखिएको व्यानर र प्लेकार्ड बोकेर दिक्तेल बजार परिक्रमा गरेका थिए।

कांग्रेस महाधिवेशनमा हिन्दु राज्य

हिन्दु राज्यको माग दिनानुदिन उर्लिएको समानान्तररूपमा हिन्दुत्वलाई बदनाम र प्रहार गर्ने षड्यन्त्रको शृंखला पनि भित्रभित्रै चलिरहेको छ। २०७५ मंसिर–पुसमा सम्पन्न नेपाली कांग्रेसको बाह्रौँ महासमिति बैठकका १५ सयमध्ये करिब आठ सय संख्यामा अधिकांश सहभागीले हिन्दु राज्य स्थापनाका लागि संविधान संशोधन हुनुपर्ने प्रस्तावलाई कांग्रेसले स्वीकार्नुपर्छ भन्ने जोडदार मागमा सही गरेर ज्ञापनपत्र बुझाएका थिए,त्यो कता पुग्यो?

प्रचण्ड–नेपालको प्रदर्शनका कारण यात्रुहरुले पाउनुपरेको सास्ती (फोटो फिचर)

अर्कोतिर प्रदर्शनका कारण शुक्रबार काठमाडौंका हजारौं यात्रुहरुले सास्ती ब्यहोर्नुपरेको छ। विभिन्न स्थानबाट गन्तव्यका लागि छुटेका सवारी साधनलाई ट्राफिक प्रहरीले बिच बाटोमा नै रोकिदिएपछि यात्रुहरुले सास्ती ब्याहोर्नुपर्‍यो।

प्रचण्ड–नेपाल समूहले माघ ९ गते जनप्रदर्शन गर्ने

नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ।

दाहालको भेनेजुएला ‘बुमराङ’

राष्ट्रपतिमा दोस्रो कार्यकालका निमित्त गत महिना निर्वाचित भएदेखि नै निकोलस मदुरोविरुद्ध उर्लिएको जनप्रदर्शनहरूका माझ उनका प्रतिद्वन्द्वी उम्मेदवार तथा राष्ट्रिय सभाका अध्यक्ष हुवाँ गुइडोले सोही सभाबाट आफैँलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गरेका थिए जनवरी २३ मा। त्यसको लगत्तै संयुक्त राज्य अमेरिकाले पनि उनलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछिको विवादले त संसार हल्लाएकै छ।

रुपन्देहीमा राजधानी कायम गर्न काँग्रेसको खबरदारी

नेपाली काँग्रेसले रुपन्देहीलाइ नै स्थाइ राजधानी कायम गर्न माग गर्दे बिहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरयो। खबरदारी सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रिय तथा बिभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको शसक्त प्रतिरोध गर्ने चेतावनी दिए।

पूर्ववर्ती सरकारका निर्णय उल्टाउने प्रयास गरे कम्युनिष्ट आफै उल्टिन्छ : खाँड

नेपाली कांग्रेसले रुपन्देहीलाइ नै स्थायी राजधानी कायम गर्न माग गर्दे विहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरेकाे छ। सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रीय तथा विभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए।

निर्मलालाई न्यायको लागि राजधानीमा विशाल प्रदर्शन (फोटो फिचर)

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन राजधानीमा विशाल जनप्रदर्शन भएको छ। घटना भएको ५० दिन वितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताको अगुवाईमा ‘निर्मलाका निम्ति न्याय’ नारासहित माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्