१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कृषि र सिँचाइमा बजेट बढ्यो

सरकारले आगामी वर्षको लागि कृषि तथा सिँचाइको क्षेत्रमा ६९ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/७८ को अनुमानित आयव्यय विवरण (बजेट)मा कृषि तथा सिँचाइ क्षेत्रलाई क्रमशः ४१ अर्ब ४० करोड र २७ अर्ब ९६ करोड विनियोजन गरेको उल्लेख गरे ।

कृषि ऋणको ब्याजमा ५० प्रतिशत अनुदानले किसानमा उत्साह

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान दिने भएको छ।

बन्दा किलोको दुई रुपैयाँं !

तपाई काठमाडौमा बस्नुहुन्छ र तरकारीको मूल्य महँंगो जस्तो लाग्छ भने भक्तपुरका किसानको दुःख त्यसको ठिक उल्टो छ। लकडाउनका कारण उनीहरु खेतको बन्दा (बन्दाकोपी) प्रतिकेजी एक/दुई रुपैयाँंमै बेच्न बाध्य छन्।

'घाँसको अभाव हुन थालेको १० वर्ष भन्दा बढी भयो'

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, रिन्जेन नुर्पु घलेको गोठमा अहिले १५ वटा चौरी छ । उनले गत वर्ष ओखलढुंगाबाट ल्याएर गोठमा चौरी थपेका हुन् । थपिएका चौरीलाई घाँस पुर्‍याउन हम्मेहम्मे पर्छ । किनकी खर्कमा घाँस पहिले जस्तो छैन ।

आर्थिक वृद्धिमा कृषिको योगदान १० प्रतिशत बढ्ने

कोभिड–१९ को असरले आर्थिक वृद्धिदरमा अन्य क्षेत्रको योगदान खुम्चिए पनि कृषिको करिब १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को आर्थिक वृद्धिमा कृषिको योगदान ३२.७ प्रतिशत रहने अनुमान छ । गत आवमा यो २१.२ प्रतिशत थियो ।

स्थानीय तहमा बल्ल बोध हुँदैछ कृषिको महत्व

योजनामात्रै बनाउने, कार्यान्वयनमा ध्यान नदिने कार्यशैलीका कारण तीनवटै तहका सरकार आलोचनाको केन्द्रमा पर्दै आएका छन्।

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ।

अस्तव्यस्त बन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय: कामुले नै दिन थाले कामु

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ।

कृषि इञ्जिनियरले बनाए बहुउपयोगी डिस्इन्फेक्ट बक्स

कोभिड–१९ बाट विश्व आक्रान्त भइरहेका बेला धरानका एक कृषि इञ्जिनियरले घर तथा भीडभाड हुने अस्पताल, सरकारी कार्यालयमा उपयोगी हुने अल्ट्रा भाइलट(युभी) डिस्इन्फेक्ट बक्स तयार गरेका छन्।

लकडाउनले प्रभावित कृषक, तरकारी बजारीकरणमा समस्या

तरकारी उत्पादनमा पकड क्षेत्र मानिएको पाँचखाल नगरपालिकाको समस्या पनि उस्तै छ । उत्पादन तीब्र गतिमा भइरहे पनि त्यसको बजारीकरणमा समस्या भइरहेको पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले बताए । उनका अनुसार लकडाउनका कारण विशेष गरेर कृषकहरु प्रभावित भएका छन् ।

धान रोप्ने बेला भो, मल छैन

मुलुकभर करिब १५ लाख हेक्टरमा धान खेती हुन्छ । यही समयमा साढे नौ लाख हेक्टरमा मकै खेती समेत हुने भएकाले मलको चरम अभाव देखिएको हो ।

लकडानमा पहिलो पटक बजार अनुगमन, पसलैपिच्छे तरकारीको मूल्य फरक

लकडाउनका बेला डडेल्धुरा सदरमुकाम बागबजारमा तरकारीको मूल्य पसलैपिच्छे फरक भएको पाइएको छ । घरेलु तथा साना उद्योग विकास समितिको संयोजकत्वमा गठित जिल्ला बजार अनुगमन समितिले मंगलबार बजार अनुगमन गर्दा जिल्ला सदरमुकाम बागबजारसहितका अन्य बजारमा पसलैपिच्छे तरकारीको मूल्यमा भिन्नता पाइएको हो ।

कृषिमा २६ लाखलाई रोजगारी दिने योजना बनाएका छौं : मन्त्री पुन

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोरोना महामारीका बीचमा पनि जीवन खोज्न सबैलाई अपिल गरेका छन्। मन्त्रिपरिषदले महामारीबीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन, रोकिएका विकास आयोजनाका काम सुचारु गर्ने र उद्योगका लागि अत्यावश्यक कच्चा सामग्रीको ढुवानी खुलाएको मन्त्री पुनले स्मरण गरे।

कोभिड–१९ र स्वस्थ खाना

स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै छैन ।

अब्बल थारु महिला आत्मनिर्भरको बाटोमा

विद्यालय बन्द भएको बेला आमा शान्तीलाई सघाउँन तरकारी वेच्न उनी विहानै सदरमुकाम गुलरिया पुग्छिन्। घर देखि सदरमुकामको दुरी ५ किलोमिटर छ । तरकारी बेचेको पैसा ईमान्दारिका साथ बाबा धन कुमारलाई बुझाईछिन । आमाका पेशा धान्न पाउँदा खुसी भएको उनले सुनाईन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्