९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

बन्दीपुर केबलकारको काम अन्तिम चरणमा

पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

फागुनदेखि केबलकारबाटै मौलाकालिका मन्दिर जान पाइने

निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ।

पर्यटनमा आयाम थप्दै बन्दीपुर, पाँचतारे होटलसहितको केबलकार आकर्षण

कोभिड–१९ को बन्दाबन्दीका बेला सुस्ताएको बन्दीपुरको पर्यटन अहिले तंग्रिने प्रयासमा छ। कोभिडका बेला बन्दीपुर ठप्पै भयो। विदेशी पर्यटकको पनि बाक्लो उपस्थिति रहने यहाँ त्यसबेला विदेशी त के नेपाली पर्यटकको पनि चहलपहल भएन। 'कोभिडले पर्यटन व्यवसाय र यहाँका व्यवसायीलाई नराम्ररी प्रभावित बनायो, अहिले विस्तारै तंग्रिने प्रयास गरिरहेको छ', उनले भने, 'अहिले फाट्टफुट्ट मात्रै पर्यटक छन्, विस्तारै राम्रै होला।'

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता

सम्झौतामा बैंकका ग्राहकले सानिमा डेबिट/क्रेडिट कार्ड र क्यूआर स्क्यान मार्फत सानिमा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन्।

स्थानीयको सक्रियतामा गोरखाकै जेठो त्रिभुवन पुस्तकालय भवन निर्माण

स्थानीयको सक्रियतामा गोरखाकै जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ को नयाँ भवन निर्माण भएको छ।

ज्योती बैंकका ग्रहकलाई अन्नपूर्ण केबलकारमा छुट

ज्योती विकास बैंकले अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ। सम्झौताअनुसार पोखरास्थित फेवातालकिनार र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकार टिकटमा बैंकका ग्राहकलाई १० प्रतिशत छुट हुने व्यवस्था रहेको छ।

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौता

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच छुट प्रदान गर्नेसम्बन्धमा सम्झैता भएको छ। सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिइने छ।

डेढ अर्बमा मौलाकालिका केबलकार र तारे होटल

डेढ अर्ब लगानीमा गैंडाकोटको मौलाकालिका केबलकार र तारे होटल निर्माण सुरु गरेको आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने महत्वाकांक्षी योजना लिएर अघि बढेका छन्।

मनकामना केबलकार चार दिन बन्द

मनकामना केबलकार सेवा चार दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि चार दिन सेवा बन्द गरिन लागेको हो।

मनकामना केबलकारको २३ वर्ष पूरा

मनकामना केबलकारले २३ वर्ष पूरा गरेको छ। नेपालमै पहिलो केबलकारको रूपमा सञ्चालित मनकामना केबलकारले हालसम्म एक करोड ६० लाख यात्रुलाई सेवा दिएको जनाएको छ।

मनकामना केबलकार आइतबारदेखि संचालन हुने

कोभिड–१९ संक्रमणको त्रासले पाँचमहिनादेखि बन्द रहेको मनकामना केबलकार आईतबारदेखि संचालनमा आउने भएको छ ।

निषेधाज्ञा खुकुलो भए अगामि सातादेखि केबलकार चल्ने

गोरखा, चितवन, तनहुँ लगायतका जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको खण्डमा भदौ तेस्रो साताबाट मनकामना केबलकार संचालन गर्ने तयारी गरिएको छ ।

सत्यवतीमा केबलकार निर्माण हुने

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको केराबारी र झुम्साबाट उकालो चढेपछि झण्डै तीन घन्टाको पैदल यात्रापछि सत्यवती तालमा पुग्न सकिन्छ।

सत्यवती दर्शनकालागि केबलकार निर्माण हुने

मन्दिरमा भगवानसँग मनमनै वर तथा आर्शीवाद माग्ने गरिन्छ। तर सत्यवती मन्दिरमा चिच्याएरै वर माग्ने मेला लाग्ने गर्दछ। सत्यवती बज्यै कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको मन्दिर पुग्न भने केबलकार निर्माण हुने भएको छ।

धुन्चे-गोसाइँकुण्ड केबलकार निर्माणका लागि १० दिनभित्र कार्यविधि आउँछः मन्त्री आले

रसुवाको धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकार निर्माणका लागि १० दिनभित्र कार्यविधि आउने भएको छ। गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रक्रिया अघि बढेको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्