२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मनकामना केबलकार आइतबारदेखि संचालन हुने

कोभिड–१९ संक्रमणको त्रासले पाँचमहिनादेखि बन्द रहेको मनकामना केबलकार आईतबारदेखि संचालनमा आउने भएको छ ।  

कोभिड–१९ को बढ्दो संक्रमणका कारण बन्द रहेपनि संक्रमण घटेसँगै संचालन गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले बताए । २०७८ वैशाख १६ गतेदेखि केबलकार बन्द छ ।

केबलकार बन्द भएयता १० करोड रुपैयाँ भन्दा बढि घाटा लागेको कम्पनिले जनाएको छ । ‘कोभिडको पहिलो लहरका बेला पनि नौमहिना केबलकार बन्द गर्नुपर्‍यो, नायब प्रबन्धक शेरचनले भने ।  

मनकामना क्षेत्रका स्थानीयको आउजाउको सहज माध्यम केबलकार हो । अहिले वर्षातले कच्ची सडक बिग्रिएको र आउजाउ गर्न मुस्किल भएको भन्दै स्थानीयले केबलकार संचालन गर्न कम्पनिलाई दवाव दिईरहेका थिए ।  

कम्पनिका अनुसार वैशाखदेखि असारसम्म केबलकारमा भक्तजन धेरै आउँथे । अहिले पनि दैनिक एकहजार मानिस केबलकार चढ्न आउने सिजन हो । केबलकारमा मात्रै एकसय ५० जना कर्मचारीले रोजगारी पाएका छन् ।

मनकामना मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयले केबलकार प्रयोग गर्छन । पृथ्वीराजमार्गको कुरिनटार र गोरखाको मनकामना जोड्ने केबलकार २०५५ मंसिरबाट संचालनमा आएको हो ।

प्रकाशित: १८ भाद्र २०७८ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App