८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

निषेधाज्ञा खुकुलो भए अगामि सातादेखि केबलकार चल्ने

गोरखा, चितवन, तनहुँ लगायतका जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको खण्डमा भदौ तेस्रो साताबाट मनकामना केबलकार संचालन गर्ने तयारी गरिएको छ ।  कोभिड १९ को बढ्दो संक्रमणका कारण तीनमहिना देखि बन्द केबलकार संचालन गर्न स्थानीयले मनकामना दर्शन प्रालिलाई दबाव दिएका छन् ।  

‘अहिले निषेधाज्ञा केही खुलेको छ, अझै खुल्यो भने भदौको २० पछि चलाउने योजना छ,’ मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले भने  । २०७८ बैशाख १६ गते देखि केबलकार बन्द छ । त्यसयता १० करोड रुपैयाँ भन्दाबढि घाटा लागेको कम्पनिले जनाएको छ । ‘कोभिडको पहिलो लहरका बेला पनि नौमहिना केबलकार बन्द गर्नुप¥यो’ नायब प्रबन्धक शेरचनले भने ।  

अहिले गोरखामा जोरबिजोर प्रणालिमा सवारी साधन चलाइएको, चितवनमा पनि सातामा तीन दिन मात्र बजार खोल्न दिइएको लगायत कारणले भदौ २० सम्म केवलकार संचालन गर्न नसकिने उनले बताए । ‘त्यसपछि कोभिडको अवस्था, प्रशासनको योजना अनुसार हामी अघि बढ्छौं,’ उनले भने ।  

मनकामना क्षेत्रका स्थानीयको आउजाउको सहज माध्यम केबलकार हो । अहिले वर्षातले कच्ची सडक बिग्रिएको र आउजाउ गर्न मुस्किल भएको भन्दै स्थानीयले केबलकार संचालन गर्न कम्पनिलाई दवाव दिईरहेका छन ।  कम्पनिका अनुसार बैशाखदेखि असारसम्म केबलकारमा भक्तजन धेरै आउँथे । अहिले पनि दैनिक एकहजार मानिस केबलकार चढ्न आउने सिजन हो । केबलकारमा मात्रै एकसय ५० जना कर्मचारीले रोजगारी पाएका छन् । कोभिड १९ को पहिलो लहरका बेला नौमहिना बन्द केबलकार अहिले तीन महिनादेखि बन्द छ ।  

मनकामना मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयले केबलकार प्रयोग गर्छन । पृथ्वीराजमार्गको कुरिनटार र गोरखाको मनकामना जोड्ने केबलकार २०५५ मंसिरबाट संचालनमा आएको हो । कोभिड १९ का कारण स्थापना भएदेखि सबैभन्दा लामो समय उद्योग बन्द भएको कम्पनिले जनाएको छ ।  

प्रकाशित: १३ भाद्र २०७८ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App