८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

मनकामना केबलकारको २३ वर्ष पूरा

मनकामना केबलकारले २३ वर्ष पूरा गरेको छ।नेपालमै पहिलो केबलकारको रूपमा सञ्चालित मनकामना केबलकारले हालसम्म एक करोड ६० लाख यात्रुलाई सेवा दिएको जनाएको छ।

केबलकार सञ्चालनबाट मनकामना आसपासमा अन्य पाँच पर्यटकीय गन्तव्यको समेत विकास भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीले हाल केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोरोन्नति गर्न लागेको समेत जनाएको छ। लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरू पाउन मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। साथै, केबलकारको लठ्ठा, ग्रिप लगायत उपकरणहरू पनि स्तरोन्नति गर्न लागिएको बताइएको छ।

चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजनासहित आउँदो आर्थिक वर्षको भदौसम्ममा पूरा गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार केबलकारको भवन, टावर, गोन्डोला, बुलव्हिल लगायत उपकरण भने साबिककै रहनेछन्। स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने बताइएको छ।

प्रकाशित: ८ मंसिर २०७८ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App