१६ आश्विन २०८१ बुधबार
image/svg+xml

सागको तयारीका लागि विशेष प्रशिक्षण

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण सञ्चालन गर्ने भएको छ।

अझै अलमलमा साग पूर्वाधार

साग खेलकुदका लागि समय ६ महिना बाँकी छ। समय घर्किंदै गए पनि पूर्वाधार तयारी अवस्थामा छैन। बनाउनुपर्ने पूर्वाधार अहिले बजेट अभावले थाती छ। बजेटलाई आधार मान्ने हो भने काम गर्ने समय ४ महिना मात्रै बाँकी हुन्छ। बजेट नभएपछि सागका लागि भनिएको आर्चरी र बहुउद्देश्यीय कभर्ड हल भने मर्मतसम्भार हुन सकेको छैन। असारमा आर्थिक वर्ष सकिन्छ। साउन लागेपछि मात्रै नयाँ बजेट विनियोजन हुन्छ। मंसिरको दोस्रो साता हुने साग गेम्सको लागि पूर्वाधारतर्फ अहिलेदेखि नै ध्यान दिँदै तदारुकता देखाउन जरुरी रहेको खेलकर्मीको बुझाइ छ।

१६ वर्षमा पनि सकिएन मुलपानी क्रिकेट मैदान

निर्माण शुरु भएको १६ वर्षसम्म पनि मुलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन।

लगनखेल र ग्वार्काेमा शंकास्पद वस्तु फेला

काठमाडौंको अनामनगर र सुकेधारामा बम विस्फोट भएर मानवीय क्षति भएका बेला ललितपुरमा समेत शंकास्पद वस्तु फेला परेको छ। ललितपुरको लगनखेल र ग्वार्काेमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

खेल क्षेत्रलाई राज्यले नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विज्ञहरुको विरोध

उनले सरकारले जे भन्यो त्यही मान्नुपर्छ भन्ने उद्देश्यका साथ विधेयक ल्याईएकाले जस्ताको त्यस्तै पास भएमा समग्र खेलाडी र खेल क्षेत्रका लागि विधेयक 'कागलाई बेल पाक्यो हर्ष न विस्मात’ को रुपमा रहने बताए।

राज्यको अर्बौं रुपैयाँ जोखिममा

आयोजनाको नहरको डिजाइन त्रुटिपूर्ण छ भन्ने थाहा पाएर पनि उच्च पदस्थ कर्मचारीले यसको निर्माण गर्ने स्वीकृति दिए। पानी परीक्षणकै क्रममा नहर भत्किँदा एकातिर राष्ट्रको अर्बौं रुपैयाँ गुम्ने अवस्थामा पुगेकोे छ भने अर्कोतिर दुई दर्जन कर्मचारी निलम्बनमा परेका छन्।

सागलाई लक्षित सात बुँदे घोषणापत्र जारी

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा शनिबार आयोजित दोस्रो राष्ट्रिय स्पोर्ट्स फोरमले सात बुँदे घोषणपत्र जारी गरेको हो।

पोखरा स्पोर्ट्स अवार्डमा मनोनयन

चौथो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७५ को सर्वोत्कृष्ट खेलाडी पुरुषमा युकेश गुरुङ (प्याराग्लाइडिङ), रूपक नेपाली (फुल कन्ट्याक्ट कराते) र अमृत थापा (स्क्वास) मनोनित भएका छन्।

एक दिनअघि प्रतियोगितास्थल परिवर्तन

पटकपटक आयोजना मिति सारेको राखेपले प्रतियोगिता सुरु हुने एक दिनअघि तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रतियोगितास्थल नै परिवर्तन गरेको छ।

एपिएफका खेलाडीलाई नगद

कार्यक्रममा क्लबले स्वर्ण पदक विजेतालाई जनही १० हजार, रजत पदक विजेतालाई जनही ७ हजार र कांस्य पदक विजेतालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरेको हो।

अस्थायी श्रमिक हटाउन चलखेल

श्रमिक आन्दोलनका कारण डेढ महिनापछि खुलेको नेपालकै पुरानो इलाम चिया कारखानाका अस्थायी श्रमिकलाई काम नलगाइएपछि उनीहरू रुष्ट बनेका छन्। लामो आन्दोलनपछि खुल्न लागेको बगान र उद्योगमा स्थायीबाहेकका श्रमिक ‘निकाल्न’ लागिएपछि कुनै श्रमिकले काम गरेका छैनन्। चैत १७ यता बन्द रहेको बगान र उद्योग श्रमिकका माग पूरा गर्ने व्यवस्थापन पक्षको प्रतिबद्धतापछि आइतबारबाट खुल्ने भएका थिए। तर, आइतबार काम गर्न आएका श्रमिकलाई व्यवस्थापन पक्षले ‘अब स्थायीले मात्रै काम गर्नू, अस्थायीले नगर्नू’ भनेपछि कसैले काम गरेनन्। ‘अस्थायी श्रमिकको रोजीरोटी खोस्ने अर्काे प्रपञ्च व्यवस्थापनले सुरु गरेको छ,’ इलाम बगानकी श्रमिक नेता सरस्वती चौंलागाईंले भनिन्, ‘अस्थायी र स्थायीको बहानामा कसैको रोजगारी खोस्न पाइँदैन भनेर स्थायी श्रमिकले पनि काम गर्नुभएन।’

प्रहरी ऐनमा चलखेल

महानिरीक्षक बनेका प्रहरी अधिकारीले आफ्नो पदावधि लम्ब्याउन ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन चलखेल गरेको आरोप लाग्दै आएको थियो। अतिरिक्त महानिरीक्षकसम्मका अधिकारीहरुले भने ३० वर्षे सेवा अवधि कायमै राख्न लबिङ गर्दै आएका थिए।

चण्डेश्वरीजात्रामा झुम्यो भक्तपुर

शुक्रबार रातिदेखि भक्तपुरको चासुखेलमा सुरु भएको चण्डेश्वरी जात्रा शनिबार सम्पन्न भएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भक्तपुर नगरको टिबुक्छें चासुखेलस्थित चण्डेश्वरी मन्दिरअगाडि मनाइने जात्रा धुमधामका साथ सम्पन्न भएको हो।

नेपालको सम्भावना कमजोर

पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ। उता नेपालमाथि ८ विकेटको जित निकालेको बंगलादेशको प्रतियोगितामा पहिलो जित हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्