प्रहरीविरुद्धको मुद्दामा बहस सुरु
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कंचनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ। सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ। सम्पर्कविहीन रहेका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टसहितको सूचना जारी गरेको छ।