लकडाउनले स्वच्छ वातावरण
कहीँ तुवाँलोजस्तो, कतै डढेलो लागेर बाक्लो धुवाँ फैलिएजस्तो–जहीँतहीँ धुलैंधुलो ! एक डाँडाबाट अर्को डाँडा नजर लाउदा राम्ररी नदेखिने ! बम पड्कीएर धुवाँ फैलिएजस्तो ! अघिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडमा चैत–वैशाख लाग्दा देखिने दृश्य हो यो । प्राकृतिक सम्पदाको चरम दोहन, जथाभावी डढेलो, अनियन्त्रित जमिन खोदन र बढ्दो सवारी चापले यहाँको वातावरण आक्रान्त पार्दै लैजादा त्यसको प्रत्यक्ष असर यसैगरी चैत–वैशाखले दर्शाउथ्यो । खडेरी लम्बिए यो दृश्य जेठ–असारसम्म पुग्थ्यो ।