२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पेस्तोल सहित दुई पक्राउ

रौतहट प्रहरीले पेस्तोल सहित दुई युवकलाई साेमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय विशाल धामी र सोही ठाउँका २० वर्षीय मुन्ना धामी रहेका छन्।

चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित तीन पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल सहित तीन जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ।

स्कुटर चोरेर भाग्दै गर्दा पक्राउ

प्रहरीले स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा शनिबार एकजनालाई पक्राउ गरेको छ। सिन्धुली घर भई हाल भक्तपुर नगरपालिका १ सल्लाघारी बस्ने रबिन थापालाई विहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

२८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ

अबैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ त्रिशुली खोलाबाट २८ हजार ६ सय अमेरिकी डलर सहित दुई जना पक्राउ परेका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका नौ विद्यार्थी पक्राउ

कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ।

मोटरसाइकल चाेरेर लैजाँदै गर्दा कालोपुलबाट २ जना पक्राउ

चोरीको मोटरसाइकलसहित काठमाडौंको कालोपुलबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

कर्तव्य ज्यान मुद्दाका दोषी ७ वर्षपछि पक्राउ

खोटाङमा कर्तव्य ज्यान मुद्दाका फरार दोषी ७ वर्षपछि पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा सर्बोच्च अदालतबाट २०६८ साल असार २४ गते १० वर्ष कैद हुने फैसला सुनाइएका रावाबेँसी गाउँपालिका–६ हौंचुरका ३८ वर्षीय रामचन्द्र राई फरार रहेको लामो समयपछि पक्राउ परेका हुन्।

फरार चालक पक्राउ

पैदलयात्रीलाई ठक्कर दिई फरार एक निजी सवारीसाधन र चालकलाई प्रहरीले चारपछि सोमबार पक्राउ गरेको छ । गत कात्तिक २२ गते दिउँसो बा१४च १९५९ को गाडीका चालक दोलखा कालिञ्चोक गापा–४ का २० वर्षीय सुरोज थापाले एक पैदलयात्रीलाई ठक्कर दिएका थिए।

भरुवा बन्दुकसहित एक पक्राउ

खोटाङमा प्रहरीले एक युवालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका २७ वर्षीय शुभराज राईलाई प्रहरीले लोड गरेको भरुवा बन्दुक सहित पक्राउ गरेको हो।

प्रहरीलार्इ गलत सूचना दिने पक्राउ

१०० नम्बरमा फोन गरेर गलत सूचना दिने मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ। सूरुमा आफै फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिए।

खुकरी देखाई बलत्कार गर्ने एक जना पक्राउ

खुकुरी देखाएर बलत्कार गरेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका– ८ दोहनीका  ५५ वर्षिय बर्मा भनिने तालकु बढईलाई प्रहरीले प्रक्राउ गरेको हो।

२१ जुवाडे पक्राउ

बुटवल प्रहरीले रुपन्देहीका विभिन्न ठाउँमा जुवा तास खेल्दै गरेका २१ जनालाई पक्राउ गरेको छ। रुपन्देहीको तिलोत्तमा–९ तीन नम्बरमा पासा खेलिरहेका १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पाँच लाख ४८ हजार नगदसहित चौध जुवाडे पक्राउ

प्रहरीले सोमबार पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्