२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

फरार चालक पक्राउ

भक्तपुर – पैदलयात्रीलाई ठक्कर दिई फरार एक निजी सवारीसाधन र चालकलाई प्रहरीले चारपछि सोमबार पक्राउ गरेको छ । गत कात्तिक २२ गते दिउँसो बा१४च १९५९ को गाडीका चालक दोलखा कालिञ्चोक गापा–४ का २० वर्षीय सुरोज थापाले एक पैदलयात्रीलाई ठक्कर दिएका थिए।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार उक्त सवारी साधनले २२ गते मध्यपुरथिमि नपा–१ लोकन्थलीमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदा रामेछाप खाँडादेवी गापा–७ डाँडाखर्क घर भई हाल काठमाडौं दक्षिणकाली नपा–१ बस्ने ५९ वर्षीय सोमबहादुर तामाङलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । पक्राउ परेका चालकलाई सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: २७ कार्तिक २०७५ ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App