२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीलार्इ गलत सूचना दिने पक्राउ

बाजुरा - १०० नम्बरमा फोन गरेर गलत सूचना दिने मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ। सूरुमा आफै फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिए।

सुवेदी श्रेष्ठ बोलेको भन्दै प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने गरेकोले बडिमालिका नगरपालिका–८ बस्ने टेकबहादुर रावलका २३ वर्षीय छाेरा वीरेन्द्रलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको प्रहरी नायव उपरीक्षक भाटले बताए। सुरक्षा निकाय माथि नै अविश्वास गर्ने खालको गतिविधि र आचरण देखाएको र गाली गरेकोले रावल माथि सार्वजनिक अपराध सम्बन्धी मुद्दामा कारबाही गर्ने तयारी गरिएको भाटले जानकारी दिए। जय मालिका यातायात प्रालिको जिप काउन्टरमा काम गर्दै आएका रावलले आफ्नो र अरुको मोबाइल प्रयोग गरेर विगत केही सातादेखि प्रहरीलाई गलत सूचना दिँदै आएको प्रहरीले बताएको छ। मार्तडी बजारबाटै पक्राउ गरिएका रावललाई प्रहरीले हिरासतमा राखेको छ।

प्रकाशित: २४ कार्तिक २०७५ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App