२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लागुऔषधसहित दुई पक्राउ

मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पेरुका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन्।

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ। २०५९ साल असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा विवाहमा गएका गोरखाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भएको थियो।

चित्तलको छाला र मासुसहित पक्राउ

बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट एक जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन्। एक थान चित्तलको छाला र १० किलो मासुसहित ४३ वर्षीय श्यामलाल थारू पक्राउ परेका हुन्।

भरुवा बन्दुकसहित दुई पक्राउ

इलाम नगरपालिका ३, मकैबारीबाट प्रहरीले ४ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।  इलाम र पाँचथरबाट खटिएको प्रहरी टोलीले इलामकै सन्दकपुर गाउँपालिका–१ का ३५ वर्षे रामकुमार राई र त्यहींका २७ वर्षे मीनकुमार फागोलाई पक्राउ गरेको हो।

हतियारसहित तीन पक्राउ

इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन्।

चन्दका चार कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ। जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

सिँचाई डिभिजन प्रमुख घुस लिँदै गर्दा प्रक्राउ

भोजपुर सदरमुकामस्थित सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार घुस रकमसहित पक्राउ परेका छन्।

देह व्यापारको आरोपमा सात जना पक्राउ

विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाउने दुई जना पक्राउ

विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। बीरगंज महानगरपालिका ७ बस्ने ३१ वर्षीय आशिष कुमार वर्ण वाल र सोही महानगरपालिकाका १९ बस्ने २१ वर्षीय निरज तिवारी पक्राउ परेका हुन्।

हतियारसहित गोंगबुबाट तीन जना पक्राउ

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले गोंगबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको गरेको छ।

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम)का एक व्यक्तिलाई जन्मकैदको फैसला भएको छ। जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन)लाई सर्वस्वसहित जन्मकैदको फैसला भएको हो।

लागुऔषध सहित २ जना पक्राउ

महानगरीय प्रहरी परिसर,भक्तपुरबाट खटिएको टोलीले शनिबार भक्तपुर नगरपालिका १० डेगोनाबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ।

चार लाख घुससहित वन अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले डिभिजन वन कार्यालय वीरेन्द्रनगरका जिल्ला बन अधिकृत भक्तबहादुर लामालाई चार लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई घुससहित रंगेहात पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्