काठमाडाैं– महानगरीय प्रहरी परिसर,भक्तपुरबाट खटिएको टोलीले शनिबार भक्तपुर नगरपालिका १० डेगोनाबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-२ ब्यासीका २८ वर्षीय को नविन साही र सोही स्थान बस्ने १६ बर्षे को देव गोसाई छन्। उनीहरूको साथबाट नाईट्राभेट १५० ट्याब्लेट, ट्रामा ३५०ट्याब्लेट र पोल्याड ५ वटा बरामद भएकाे हाे।
प्रकाशित: २९ असार २०७६ ११:०० आइतबार