पर्सा - विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। बीरगंज महानगरपालिका ७ बस्ने ३१ वर्षीय आशिष कुमार वर्ण वाल र सोही महानगरपालिकाका १९ बस्ने २१ वर्षीय निरज तिवारी पक्राउ परेका हुन्।
उनीहरूलाई बीरगंज महानगरपालिका ६ माईस्थानबाट प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका विरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ३० असार २०७६ ०७:११ सोमबार