५ आश्विन २०८१ शनिबार
image/svg+xml

आयल निगमको नक्कली नियुक्तिपत्र दिदैं ठगी गर्ने पक्राउ

काठमाडौं- नेपाल आयल निगममा जागिर लगाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी राजविराज ६ घर भई रौतहट चन्द्रनिगाहापुर बस्ने दिपक ठाकुर र रौतहट गंगापिपरा ३ घर भई चन्द्रनिगाहापुर बस्ने दिपेन्द्र साह कानु रहेका छन्। उनीहरुले जागिर लगाइने भनेकालाई निकगमको नक्कली नियुक्तिपत्र समेत दिएका थिए।

‘फरार’ अहेव साह पक्राउ

युवतीमाथि यौनजन्य दुव्र्यवहार आरोप लागेर ‘फरार’ स्वास्थ्यकर्मी उमेश साह पक्राउ परेका छन्। सप्तरीको औरही गाविस–२ घर भएका ३८ वर्षे साहलाई जिल्ला अस्पताल परिसरबाट आइतबार पक्राउ परिएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपमा झाक्री पक्राउ

बीरगन्ज- बलात्कारको आरोपमा पर्सामा प्रहरीले एक जना झाँक्रीलाई पक्राउ गरेको छ। भारतमा बिहेभई हाल पर्साको जसौलीस्थित माइतामा बस्दै आएकी एक जना १८ बर्षे महिलालाई झारफुकको बाहानामा बलात्कार गरेको आरोपमा जगरनाथपुर ८ का ३८ बर्षे झाक्री हरेन्द्र राय थारुलाई पक्राउ प्रहरीले गरेको हो।

गुल्मिमा हत्या गरी फरार युवक प्युठानमा पक्राउ

गुल्मी जिल्लामा हत्या गरी फरार रहेका दुई युवकलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठान अर्खा–९, अर्तुवाङ निवासी वर्ष २२ को लेखनाथ गिरी र वर्ष २० को दिपक गिरी हुन्। यी दुईले शुक्रवार राति गुल्मी जिल्ला बाँझकटेरी–१, बस्ने वर्ष ५९ को छत्र बहादुर सेनलाई हत्या गरी फरार रहेको सूचनाका आधारमा पक्राउ गरेको प्युठान प्रहरी प्रमुख प्रनाउन रन्जितंिह राठौरले जानकारी थिए।

दुई लाख ५० हजार घुस सहित प्राविधिक पक्राउ

नेपालगन्ज-दुई लाख ५० हजार घुस सहित बाँकेमा एक प्राविधिक पक्राउ परेका छन्। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेस्थित कोसेवाली अनुसन्धान केन्द्रमा कार्यरत प्राविधिक अधिकृत(इन्जिनियर) बीरेन्द्रकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय कोहलपुरको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।

वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ६६ लाख भन्दा बढी ठगी गर्ने छन्त्याल पक्राउ

काठमाडौं- युवाहरूलाई आकर्षक तलवको प्रलोभन देखाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

फेसबुकबाट महिलाको चरित्र हत्या पक्राउ

काठमाडौँ-नक्कली फेसबुक आईडी बनाएर अश्लिल फोटोहरु पोष्ट गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

चोरी गर्दागर्दै पाँच पक्राउ

काठमाडौँ-काठमाडौँ नयाँबस्ती स्थित शंकर भण्डारीको घरमा आइतबार राति चोरी गरी रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

३० लाख मुल्य बराबरको यार्सागुम्बा सहित पक्राउ

दार्चुला- प्रहरीले जुमा गाउँबाट करिव ३० लाख बराबरको यार्सागुम्बा सहति दुई जनालाई पक्राउ गरेको छ।

दुइ लाख सहित जुवाको खालबाट ९ पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका–१६ उत्तम चोक स्थित फिल्डएयर एडभाण्टेज ट्रेकिङ्गको अफिस कोठामा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

युरोकपको फाइनल खेलपछि भएको हिंसामा ४० जना पक्राउ

पेरिस–  युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ। पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ। फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए।

बालबालिका तस्करी अभियोगमा पक्राउ श्रेष्ठलाई ७ दिन थुन्न आदेश

काठमाडौं— नौ जना बालबालिकालाई अमेरिका पुर्‍याएर छोड्ने पुतलीसडकस्थित सारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। शनिबार पक्राउ परेकी श्रेष्ठलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धानका लागि ७ दिन थुन्न अदालतले अनुमति दिएको हो।

नक्कली सुन कारोबारमा पक्राउ

दोलखा- नक्कली सुन सहित जिल्ला प्रहरी कार्यलय दोलखाले चार जनालाई पक्राउ गरेको छ। नक्कली एक किलो सुन देखाई रु १५ लाख ठगी गर्ने सिन्धुपाल्चोकका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।

बालबालिका तस्करी गरेकाे अभियाेगमा रजनी श्रेष्ठ पक्राउ

काठमाडौं— सांस्कृतिक आदानप्रदानका नाममा नेपाली बालबालिका अमेरिका तस्करी गरेको आरोपमा पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई शनिबार प्रहरीले हिरासतमा राखेर कारवाही थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्