काठमाडौँ-काठमाडौँ नयाँबस्ती स्थित शंकर भण्डारीको घरमा आइतबार राति चोरी गरी रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मांखा–८ घर भई हाल कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने २८ बर्षीय कर्मा लामा, सुनसरी घर भई काठमाडौँ महानगरपालिका–६ बस्ने ३५ बर्षीय राज कुमार राउत, मोरङ घर भएका २६ बर्षीय अमर कुमार होडिहारी, काभ्रे घर भई कागेश्वरी मनहरा नगरपालिका–१० मुलपानी बस्ने २५ बर्षीय प्रशान्त तामाङ र सिन्धुपाल्चोक घर भएका ३२ बर्षीय पसाङ तामाङ रहेका छन्।
प्रहरीले उनीहरुबाट बिजुलीको तार १२ मुठा, जेनेरेटर १ थान, ग्यास सिलेण्डर १ थान, प्लाष्टिकको ड्रम १ थान, रड काट्ने मेसिन १ थान, पानी तान्ने मेसिन १ थान, ढोका फोर्न प्रयोग गरेको ह्याक्सो ब्लेट समेत बरामद गरेको छ।
प्रकाशित: २७ असार २०७३ १०:३४ सोमबार