इलाम–युवतीमाथि यौनजन्य दुव्र्यवहार आरोप लागेर ‘फरार’ स्वास्थ्यकर्मी उमेश साह पक्राउ परेका छन्। सप्तरीको औरही गाविस–२ घर भएका ३८ वर्षे साहलाई जिल्ला अस्पताल परिसरबाट आइतबार पक्राउ परिएको प्रहरीले जनाएको छ ।
माइमझुवा गाविसस्थित स्वास्थ्य चौकी इन्चार्ज सिनियर असिस्टेन्ट हेल्थ वर्कर साह जेठ दोस्रो सातायता फरार थिए । आफूलाई यौनजन्य दुव्र्यवहार गरेको दाबी गर्दै २५ वर्षीया युवतीले साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जेठ १२ मा उजुरी दिएकी थिइन् । प्रहरीले त्यतिबेला जिल्ला जनस्वास्थ्य कार्यालयलाई समेत पत्र लेखेर ‘साह कतै सम्पर्कमा भए अनुसन्धानमा सहयोग गरिदिन’ आग्रह गरेको थियो ।
साह फरार रहेको भनिएपनि उनले गत असार ३० मा जिल्ला जनस्वास्थ्य कार्यालयमै आएर आफूलाई पुनः काममा फर्काइदिन आग्रह गर्दै कार्यालय प्रमुखसमक्ष निवेदन हालेका थिए । त्यतिबेला पक्राउ गर्न जाँदा उनी भागेको प्रहरीले जनाएको छ ।
पुनरावेदन अदालतले ‘फौजदारी अभियोगबाहेक साहलाई नपक्रन’ दिएको अन्तरिम आदेश प्रहरीमा पनि अदालतबाटै आएको जिल्ला प्रहरीका सूचना अधिकृत रद्र चुडालले बताए । तर, साहविरुद्ध जुन केसमा उजुरी छ, त्यसमा सर्वाेच्चले नै आदेश गरेपनि छाड्न नमिल्ने भएको उनको भनाइ थियो । सामाजिक संस्थामा कार्यरत एक युवतीले साहले कार्यस्थलमै आफ्नो शरीरमा हात लगाएर यौनजन्य दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् ।
प्रकाशित: २ श्रावण २०७३ ११:३५ आइतबार