५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेता पक्राउ परेको घटना पार्टीले छानविन गर्ने

अघिल्लो शनिबार जनकपुरको रजौलस्थित जनता उच्च माविमा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामवरण पासमानसँग विवाद हुँदा माओवादी नेता पक्राउ परेको घटना पार्टीले छानबिन गर्ने भएको छ।

पाँच लागुऔषध कारोबारी पक्राउ

दुई दिनको अवधिमा प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भुक्तान गरिसकेकासमेत छन्।

एक लाख रूपैयाँ घुससहित शाखा अधिकृत पक्राउ

दमक– घुस रकमसहित एक सरकारी अधिकृतलाई बिहीबार दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ। एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको हो।

घोडेजात्रामा आँखै अगाडि हत्या हुँदा मुकदर्शक बन्ने पक्राउ

काठमाडौं—प्रहरीले ६ वर्ष अघि काठमाडौंमा भएको एउटा हत्याको घटना रोक्न पहल नगरी मूकदर्शक बसेको आरोपमा सजाय पाएका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

१३ वर्षीया बालिकालाई बाँधेर कुट्ने ४ पक्राउ

जनकपुर– विद्यालय पढ्न सँगै गएकी साथी कुनै केटोसँग भागेपछि पहिले किन आफूहरुलाई जानकारी नगराएको भन्दै १३ वर्षीया बालिकालाई ५ घण्टासम्म बाँधेर यातना दिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ठूलो परिमाणको सुनचाँदीसहित एक पक्राउ

ठूलो परिमाणको सुनचाँदीसहित एक व्यक्ति कोहलपुरबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरले करिव ३ लाख बराबरको सुनचाँदीसहित नेपालगन्ज उप–महानगरपालिका–५ निवासी ५१ वर्षीय रामसेवक बर्मालाई बुधबार बिहान पक्राउ गरेको हो।

आफ्नै छोरीको हत्या गर्ने पक्राउ

सोलुखुम्बु– आफ्नै छोरीको हत्या गरेको अभियोगमा गुदेल–९ नाम्लुङ बस्ने २३ वर्षीय सुखधन राईलाई प्रहरीले पक्राउ गरेको छ।

जिविस सिरहामा बम विस्फोट गराउने चार वर्षपछि पक्राउ

लहान—जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराई विगत चार वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ।

जापानी नागरिकदेखि सरकारका पूर्व उपसचिवसम्म पक्राउ

भूकम्पपीडितलाई क्यानडा, अमेरिका, जापान पठाइदने प्रलोभोन देखाएर ठगी गरेका तीन वटा घटना एक महिनाभित्रै देखिएका छन्। ठगहरुले अमेरिका, क्यानडा तथा जापान पठाइदिने भनेर मोटो रकम असुलेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

अपहरण गरी भारत लैजाँदै गरेका युवकको उद्धार, अपहरणकारी पक्राउ

विराटनगर—अपहरणमा परेका एक युवकलाई प्रहरीले अपहरणमुक्त गर्नुका साथै दुई अपहरणकारीलाई पक्राउ गरेको छ। धनकुटाको छिन्ताङ–८ घर भई हाल सुनसरीको धरान–९मा डेरा लिई बसेका १९ वर्षीय युवक एमकुमार लम्जेललाई अपहरणमुक्त गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बालिकालाई अश्लिल भिडियो देखाउने दहचाेकबाट पक्राउ

काठमाडौं—बालिकालाई अश्लिल भिडियो देखाएको अभियोगमा चन्द्रागिरी नगरपालिका–२ दहचोकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर हेटौंडा नगरपालिका–२ संगम चोक घर भएका ३० बर्षीय सुरेश बानियाँलाई प्रहरीले पक्राउ गरेको हो।

बलात्कारको भिडियो खिचेर छात्राको यौन शोषण गर्ने म्यानेजर पक्राउ

उत्तर प्रदेश- भारतको उत्तर प्रदेशस्थित एटा भन्ने स्थानमा १५ वर्षकी किशोरी बलात्कार गरेको आरोपमा विद्यालयका व्यवस्थापक पक्राउ परेका छन्। बलात्कारको घटना अहिलेको भने होइन अघिल्लो वर्ष २०१५ को हो। सामाजिक सञ्जालमा अहिले त्यतिबेलाको बलात्कार भिडियो भाइरल भएपछि घटना सार्वजनिक भएको हो।

कुख्यात गुण्डा नाइके दिपक मनाङ्गे पक्राउ

प्रहरीले बिहीबार राति ठमेललाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न दिपक मनाङ्गेलाई एकजना सहयोगीसहित प्रक्राउ गरेको छ। विभिन्न ब्यापारीलाई धम्काएर रकम असुली गरेको आरोपमा मनाङ्गेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्