५ आश्विन २०८१ शनिबार
image/svg+xml

तीन वर्षमा २ हजार २१० किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको योजना

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका हुन्।

यातनापीडितको जीवनस्तर उकास्ने काम गर्न माग

समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षले यातना दिएकाको खोजीका लागि सरकारको ध्यानाकर्षण गराएको हो।

सरकारको कमजोरीमा सेवाग्राहीलाई दण्ड दिनु उचित हुँदैनः प्रधानमन्त्री ओली

'यस्तो व्यवस्था सच्याइनुपर्छ, सेवा नदिइ जरिवाना लिन त झन् मिल्दै मिल्दैन, सरकारको कमजोरीमा सेवाग्राहीलाई दण्ड दिनु उचित हुँदैन', प्रधानमन्त्री ओलीले भने। सडक निर्माण गर्दा खानेपानी, विद्युत्, नेपाल टेलिकमलगायत सरोकार भएका निकायसँग समन्वय गरेर काम गर्न पनि उनले निर्देशन दिए।

डढेलो, प्रदूषण र भुइँ मान्छेका सरकार

राजनीतिको नाममा हुने व्यापारीकरण, लोकतन्त्र र समाजवादको आवरणमा देखिने एउटा नाङ्गो सत्य हो। यो बाटो नबदलिएसम्म देशको वातावरण पर्यावरण र राजनीति कहिल्यै संग्लिदैन।

हिरासतमा रहेकी नेत्री सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ। झण्डै दुई महिनादेखि थुनामा रहेकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको हो।

चीनबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए।

सरकारले संसद्लाई कहिलेसम्म 'बिजनेस'विहीन बनाउने ?

पुनःस्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो भनी सांसदहरुले प्रश्न गरेका छन्। उनीहरुले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार समक्ष माग गरेका छन्।

मेलम्चीको पानीमा सरकारले मात्र जस लिन मिल्दैनः राजेन्द्रकुमार केसी

नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारले मात्र लिन नमिल्ने बताएका छन्।

नयाँ सरकारको कसरतमा दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो।

सरकार र थरुहट वार्ता 'सकारात्मक', बिहीबार पुनः बस्ने

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिबीच आजदेखि वार्ता सुरु भएको छ।

सरकार र थारुवान संयुक्त सङ्घर्ष समितिबीच वार्ता

सरकार र विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारीसभा, थारुहट/थारुवान संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता भएको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा बनेको सरकारी वार्ता टोली र आन्दोलनरत समितिबीच आज गृह मन्त्रालयमा पहिलो चरणको वार्ता शुरु भएको गृह मन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

म्यानमारमा दिनहुँ प्रदर्शन, अवस्था दिन प्रतिदिन अनियन्त्रित हुँदै

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले सोमबार प्रदर्शनकारीहरूलाई हटाउनका लागि भारी क्यालिबर हतियारको प्रयोग गरेका थिए। यद्यपि यस हतियारको बारेमा अहिलेसम्म यो के हो भनेर केही भन्न सकिदैन। म्यानमार स्टेट टेलिभिजनले भनेका छ, सुरक्षा बलले प्रदर्शनकारीहरुलाई रोक्नका लागि विशेष हतियारहरु प्रयोग गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत

एमालेको सुदूरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर भट्टलाई इन्चार्ज बनाइएको छ। नयाँ सरकार बनाउन नेपाली कांग्रेस र राजपासँग वार्ता गर्न एमाले प्रदेश समितीको बैठकले प्रदेशका सहइन्चार्ज पाठक संयोजक रहेको तीन सदस्यीय वार्ता टोली पनि गठन गरेको प्रदेश अध्यक्ष थापाले बताए।

चीन सरकारद्वारा प्रदान गरिएको खोप नेपाल सरकारलाई हस्तान्तरण

चीन सरकारद्वारा प्रदान गरिएको कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकार बदल्न कसरत सुरु

सुदूरपश्चिम प्रदेश सरकार बदल्न नेकपा एमाले ओलीपक्षले कसरत शुरु गरेको छ । माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारवाट एमालेले समर्थन फिर्ता गर्ने तयारी थालेको छ । सुदूरपश्चिम सरकार बदल्न नेकपा एमालेका सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट, प्रदेश समितीका सहईन्चार्ज महेश्वर पाठक, प्रदेश समिती अध्यक्ष कर्ण थापा लगायतका नेता धनगढीमा केन्द्रित भएका छन । माओवादी केन्द्र र माधव पक्षको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारवाट एमालेले समर्थन फिर्ता लिन संसदिय दल वोलाउने तयारी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्