५ आश्विन २०८१ शनिबार
image/svg+xml

बन्दाबन्दी नगर्ने पक्षमा सरकार : पर्यटनमन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्।

चीन सरकारद्वारा अलिबाबामाथि झण्डै तीन अर्ब डलर जरिवाना

चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ। एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो।

तीन मन्त्रीको राजीनामा स्वीकृत

मुख्यमन्त्री शाही नेतृत्वको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालय, दल रावलले सामाजिक विकास मन्त्रालय र नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

ओली सरकार ढाल्न कांग्रेसको प्रस्ताव

स्रोतले ठाकुरलाई उद्धृत गर्दै भन्यो, ‘अहिले हाम्रो चासो पार्टीका माग पूरा गराउनेमा मात्र केन्द्रित छ। सरकारले हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढाएको छ। यस्तो बेलामा वर्तमान सरकार ढालेर नयाँ बनाउनेतिर हाम्रो कुनै चासो छैन।’ माओवादी केन्द्रका अध्यक्ष दाहालले भने ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा बनाउन देउवाले राखेकाे प्रस्तावमा सहमति जनाएका छन्।

जसपाले गृहमा बुझायो २१० जनाको सूची

जसपाका नेता डा.सुरेन्द्र झाका अनुसार पार्टीले बुझाएको सूचीका आधारमा सरकारले मुद्दा फिर्ता लिने सहमति भएको उनले बताए। झाका अनुसार गृहमा बुझाएको मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूचीलाई महान्यायाधिवक्ताको कार्यालय हुँदै कानुन मन्त्रालयमा लगिनेछ। कानुन मन्त्रालयले मुद्दा फिर्ता लिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ।

म्यान्मारको जुन्ता सरकारद्वारा १ सय भन्दा बढी कलाकार पक्राउ

म्यान्मारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १ सय २० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ। यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ।

सरकारलाई निहुराउने तयारी

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ।

सरकारी कागजात कीर्ते गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

सरकारद्वारा रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न निर्देशन

सरकारले देशभर रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन निर्देशन दिएको छ।

भारतको सहयोगमा दुई परियोजना बने

नेपालका ५२ जिल्लामा चार सयवटा डाइनोस्टिक स्क्रिनिङ तथा मोतिबिन्दु शल्यक्रिया शिविर र १४ जिल्लामा ग्रामीण भेगका आँखा शिविर सञ्चालनका लागि नेत्र ज्योति संघलाई करिब २१ करोड अनुदान उपलब्ध गराएको छ। भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई पाँचवटा गाडी उपहारस्वरूप प्रदान गर्नुका साथै विद्यालयहरूमा बालबालिकाका लागि आँखा शिविर सञ्चालन गर्न एउटा आइकेयर भ्यान पनि उपलब्ध गराएको जनाएको छ।

कर्णाली सरकारबाट बाहिरियो एमाले

चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले माओवादी केन्द्रका नेता शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै पार्र्टीबाट मन्त्री भएकालाई राजीनामा दिन निर्देशन दिएको थियो। ‘एमाले संसदीय दलको बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी सरकारमा सहभागी हामीलाई फिर्ता हुन निर्देशन दिएको थियो,’ ज्वालाले भने, ‘दलको निर्णय स्वीकार गर्दै मन्त्रीबाट राजीनामा दिएका हौं।’

कर्णाली प्रदेश : तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

नेकपा एमालेकातर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन्।

भारतले काभ्रेका दुई स्कुल बनाइदिने

भारत सरकारले काभ्रेका दुईवटा सामुदायिक विद्यालय बनाइदिने भएको छ। भारतले काभ्रेको हरिसिद्धि माध्यमिक विद्यालय र सिद्धेश्वर माध्यमिक विद्यालयको भवन निर्माण गरिदिने भएको हो।

तानातानमा ठाकुर

सत्ता टिकाउन प्रधानमन्त्री ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले जसपालाई आआफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन्। यसै सिलसिलामा आइतबार कांग्रेसका नेता पौडेलले जसपाका अध्यक्ष ठाकुरलाई भेटेर नयाँ सरकार निर्माणमा सहकार्य गर्न प्रस्ताव गरे। माओवादी केन्द्रले पनि ओलीको विपक्षमा उभिन जसपालाई प्रस्ताव गर्दै आएको छ। प्रधानमन्त्रीले त जसपाका माग पूरा गर्न कार्यदल नै बनाएका छन्।

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागि सरकार गम्भीर भएर लागेको छः मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएाक छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्