७ आश्विन २०८१ सोमबार
image/svg+xml

जनताको निराशा र असन्तुष्टि हल गर्न दुवैै अध्यक्ष गम्भीर छौं : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताएका छन्। आफ्नै निवास खुमलटारमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको बताए।

संघीय सरकारको कामप्रति सत्तारुढ सांसदकै आपत्ति

संघीय सरकारले स–साना परियोजनाको प्रदेशमा कार्यालय खोल्न लागेको भन्दै सत्तारुढ नेपाल कम्युनिट पार्टि (नेकपा)का सांसदहरुले आपत्ति जनाएका छन्। मंगलबार प्रदेश राजधानी हेटौंडामा बसेको बैठकमा नेकपाको ३ नम्बर प्रदेशको संसदीय दलको बैठकमा संसदीय दलका नेता एवम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार दीर्घकालिन योजना लिएर अगाडि बढिसकेको बताए।

दसैँ छेक सरकारले वृद्धभत्ता वृद्धि गर्न सक्ने नेकपा नेता भट्टराईको संकेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले आउँदो दसैँ छेक पारेर मन्त्री परिषद् बैठकले वृद्धभत्ता वृद्धिको निर्णय लिन सक्ने संकेत गरेका छन्।

विप्लव नेतृत्वको नेकपाका झापा इन्चार्ज र सेक्रेटरी पक्राउ

भारतीय सीमा क्षेत्रनजिकैबाट बुधबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ कार्यकर्ताको नाम प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

चन्द नेतृत्वका ११ नेता कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। इलामको सूर्याेदय नगरपालिका स्थित समालबुङबाट उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको हो।

विश्वकर्मालाई थुनामा राख्न तेस्रो पटक म्याद थप

आगजनी अभियोगका आरोपित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले बुधबार तेस्राे पटक तीन दिन थुनामा राख्न आदेश दिएको छ। गएको शुक्रबार भदौं ८ गते जिल्ला अदालतले तीन दिनको लागि अनुमती दिएकोले थुनामा राखेर प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानको प्रक्रिया जारी रहेको भन्दै १० गते फेरी म्याद थपेर उनलाई थुनामा राखिएको थियो।

ओली–नेपाल खटपट

तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ।

राजनीतिक परीक्षा पास नभए सत्यानाश : भुसाल

नेकपाका नेता घनश्याम भुसालले सरकारको अहिले राजनीतिक परीक्षा भइरहेको बताएका छन्। उनले राजनीतिक अस्थिरताको युग सकिएको बताउँदै संघीयताको परीक्षामा सरकार उभिएको बताए। मंगलबार भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले सरकारले अहिले देखिएका सबै समस्या समाधान गर्ने ठोकुवा समेत गरे।

भ्रष्टाचारसम्बन्धी कडा कानून ल्याउनुपर्छ : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा चरम लापरवाही हुँदै गएको बताएका छन्। नेपालीपन राष्ट्रिय साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसरमा साेमबार यहाँ आयोजित कार्यक्रममा उनले विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने गरेको बताउँदै कडा कानून नहुँदा गलत गर्नेहरु ठाडो शिर बनाएर हिँडिरहेको बताए।

निर्मलाको घरमै पुगे नेता भट्ट, न्याय दिलाउने आश्वासन

‘तपाईहरु ढुक्क हुनुस् हामी पन्त परिवारलाई न्याय दिलाउने छौँ’, आइतबार बेलुकी बलात्कारपछि हत्या भएकी निर्मला पन्तको घरमा पुगेका नेकपाका स्थायी समिति सदस्य तथा संघीय संसद लेखराज भट्टले बताए। उनले निर्मला हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई वर्तमान कानुनअनुसार कारबाही गरिने बताए।

नेकपाकाे जाजरकोट अध्यक्षका लागि ७ जनाको नाम सिफारिस

नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटको अध्यक्षका लागि ७ जना र सचिवका लागी ३ जना नेताको नाम सिफारिस गरिएको छ।

नेकपा अध्यक्षको नाम टुंगो लागेन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमको जिल्ला कमिटी छनोटमा सहमति हुन् सकेको छैन्। अध्यक्षमा पूर्व एमाले र माओवादी केन्द्रका नेताहरूले दाबी गरेपछि पार्टी केन्द्रले दिएको समय सीमाभित्र सहमति हुन् नसकेको हो।

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ।

विश्वकर्मालाई रिहा गर्न सर्वोच्चकाे अादेश, परिसरबाटै पक्राउ

सर्वोच्च अदालतले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न आदेश दिएको छ।

नेकपाको जिल्ला अध्यक्षका लागी हानथाप सुरु

जिल्ला अध्यक्ष कसको भागमा पर्ने हो भन्ने विषयको कुनै टुङ्गो नलाग्दै पूर्व नेकपा एमाले र पूर्व नेकपा(माओवादी)केन्द्रका नेताहरूबीच ताप्लेजुङको नेतृत्वका लागी हानथाप सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्