७ आश्विन २०८१ सोमबार
image/svg+xml

नेकपामा ओली र नेपाल समूहबीच आरोप प्रत्यारोप, मिल्ला त विवाद ?

वरिष्ठ नेता माधवकुमार नेपालले सरकार र नेतृत्वको आलोचना गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु उनीमाथि खनिएका छन् भने नेपाल पक्षधर नेताले बचाउ गरिरहेका छन्।

‘नेकपाकै नेताले देश डुब्न लाग्यो भन्दै संसदमा गुहार माग्नु सानो कुरा हैन’

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले वर्तमान सरकारको गतिविधीबाट जनता आजित बनिसकेको र सरकारको असफलता सत्तारुढ पार्टीकै नेताहरुको आलोचनाले प्रष्ट पारेको बताएका छन्। ‘देश डुब्न लाग्यो माझी कोही छ भन्दै नेकपाका ठूला नेताहरुले संसदमा गुहार माग्नु सानो कुरा हैन’, उपसभापति निधिले भने, ‘वर्तमान सरकारको असफलता कम्युनिष्ट पार्टीकै नेताहरुको यो गुहारले अझ प्रष्ट पारिदिएको छ।’

महिला हिंसाका पीडितलाई समयमै न्याय दिन नेकपाका नेतृको माग

बालबालिका, किशोरी र महिला हिंसाविरुद्ध कडा कानून बनाएर पीडितलाई समय मै न्याय दिन माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराइएको छ। नेपाल कम्युनिष्ट पार्टीका नेत्री अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एक प्रतिनिधिमण्डलले मन्त्री थापाको कार्यकक्षमा शुक्रबार ध्यानाकर्षणपत्र बुझाएको हो।

भारतीयले लिएको नागरिकता छानविन गर्न नेकपाको माग

ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नागरिकले गैर कानुनी रुपमा लिएको नागरिकताको छानविन गर्न माग गरेको छ। कट्टेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भारतीयहरुले गैर कानुनी रुपमा नागरिकता लिएको सुन्नमा आएको भन्दै तत्काल यसलाई रोक्न र किर्ते नागरिकता छानविन गर्नका लागि उच्चस्तरीय आयोग बनाउन सरकारसँग माग गरेको छ।

सरकारविरुद्ध संसदमा पहिलोपटक खनिए माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालले सरकारको कडा आलोचना गरेका छन्।  प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसद नेपालले सरकारले जनता चाहनाअनुसार काम नगरेको भन्दै आलोचना गरे। उनले देश डुब्न लागेको भन्दै मन्त्री, सरकार र राज्यका सबै निकायको ध्यानाकर्षण गराए। जनताको आलोचना र आक्रोशलाई सुझावका रुपमा लिन सरकारलाई आग्रह समेत गरे।

नेम्वाङलाई नेकपाकै नेता कार्यकर्ताले सोधे : जनप्रतिनिधि चुनिएको सेवासुविधा भोग्न मात्रै हो ?

‘स्थानीय तहमा जनप्रतिनिधि आएको सेवा–सुविधा भोग्नलाई मात्रै हो कि जनताका समस्या समाधान गर्न?’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला नेता जसबहादुर लुंगेलीले प्रश्न गरे, ‘सरकारमा जानेबित्तिकै ठेकेदारविरुद्ध, सुन तस्करी र यातायात व्यवसायीको सिन्डिकेटविरुद्ध चालेको कदम कहाँ पुगेर किन अड्कियो?’ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङमाथि वरिष्ठ अधिवक्तासमेत रहेका लुंगेलीले प्रश्नैप्रश्नको चाङ लगाए।

अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि बुधबार साँझ सिङ्गापुर प्रस्थान गरेका छन्। यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो। पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेकाे उनको सचिवालयले जनाएको छ।

संसदीय दल कार्यालय अझै अलगअलग

दुई कम्युनिस्ट घटक नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनको महिनौं भइसक्दा पनि पार्टीको संसदीय दलको कार्यालय भने अहिले पनि एक हुन सकेको छैन।

नेता नेपाल स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर मंगलबार उनी  स्वदेश फर्किएका हुन्।

पार्टी एक भएपनि कार्यकर्ताको व्यवहार भने अलग

जाजरकोटको नलगाड नगरपालिका चाउलेचौरका नेकपाका कार्यकर्ता चित्रबहादुर बोहरालाई तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी बनेको कुनै अनुभूति नै  छैन।

सांसद बन्न वामदेवको मरिहत्ते किन?

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्।

शर्माद्वारा कर्णाली प्रदेशको सचिव अस्विकार

नेकपाको भर्खरै गठन भएको कर्णाली प्रदेशको समितिमा आफूलाइ अपमान गरेर सचिव पदमा मनोनयन गरेको भन्दै नेता मायाप्रसाद शर्माले उक्त पदमा बस्न अस्विकार गरेका छन।

विश्वकर्माको पक्राउ र रिहाईले वार्तामा असहजता : संयोजक पाण्डे

सरकारद्धारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन्।

नेकपाले टुंग्यायो  प्रदेशस्तरीय नेतृत्व

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्