६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘संसदमा वामदेवको आवश्यकता छ, कार्यकारी राष्ट्रपतिको मुद्दा अगाडि बढाउनुपर्छ’

कृषिमन्त्री एवं नेकपाका नेता चक्रपाणी खनालले संसदमा वामदेव गौतमको आवश्यकता रहेको बताएका छन्। यद्यपी गौतमलाई चुनाव लडाउने भनेर पार्टीभित्र कुनै निर्णय नभएको उनले स्पष्ट पारे। शुक्रवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै खनालले भने, ‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केहीपनि छैन। तर माननीय सांसद रामबीर मानन्धरले पार्टीसमक्ष राजीनामा गर्नुभयो भन्नेमात्रै सुनिएको छ।’

‘विकास कुनै जादुको छडी होइन, सरकारको आलोचना नगरौं’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विकास कुनै जादुको छडी नरहेको बताएका छन्। देशमा वर्तमान सरकारले विकास गर्ने विषयमा कुनै पनि सम्झौता नगर्ने उनले स्पष्ट पारे ।

संसद, पार्टी र सरकारभित्र वामदेव गौतमकाे आवश्यकता छ : सांसद झाँक्री

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पार्टीका प्रभावशाली नेता वामदेव गौतमको भूमिका संसद, सरकार र पार्टीभित्र सबै ठाउँमा रहेकोले प्रतिनिधिसभाको सदस्य बन्नुपर्ने स्पष्ट पारेकी छिन्।

‘सरकारले जनचाहना अनुसार काम गरेन’

पूर्वसांसद टंक राईले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्वसांसद राईले दुई तिहाई मत भएको सरकारप्रति जनताको अपेक्षा बढी भए पनि जनचाहना अनुसार काम हुन नसकेको बताए।

ओली सरकार सुस्त भयो, अब गियर परिवर्तन गर्नुपर्छ : रायमाझी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सरकारको काममा सुस्तता आएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अब ‘गियर’ बदल्नुपर्नेमा जोड दिँदै नेकपाका स्थायी समिति सदस्य रायमाझीले भने, ‘अहिले सरकारको काम अलि सुस्त देखिएको छ। गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ।’

नेकपाको बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

नेकपाभित्र व्यापक असन्तुष्टि

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर पार्टीका नेता वामदेव गौतमलाई सांसद बनाउने प्रयासप्रति नेकपाकै दोस्रो तहका नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेकपा सचिवालय बैठक : स्थायी कमिटी बैठक बोलाउने एजेण्डा तय गर्दै स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले तल्ला कमिटीहरुको एकीकरणको प्रक्रिया सुरु गर्नेबारे छलफल गरेको नेता झलनाथ खानालले बताए।

नेकपा संसदीय दलको बैठकमा प्रदेश ३ को राजधानीबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर ३ संसदीय दलको बैठकमा राजधानी बारे छलफल भएको छ। आइतबार  हेटौंडामा बसेको बैठकमा स्थायी राजधानीको विषयले समेत प्रवेश पाएको हो।

‘हिजो विपी असफल हुँदा दुःख पायौं, आज ओली असफल भए फेरि दुःख पाउँछौं’

गण्डकी प्रदेशका सांसद एवं नेकपाका नेता राजिव पहारीले वर्तमान सरकार असफल भए देश फेरि अस्थिरतातर्फ धकेलिने बताएका छन्।

प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताएका छन्।

नेकपाका अध्यक्ष द्वयबीच बालुवाटारमा भेट

पार्टीको तल्लो तहसम्मको एकिकरणको विषयमा छलफल गर्न नेपाल कम्युिनष्ट पार्टीका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटामा छलफल भइरहेको छ।

प्रदेश १ को राजधानी इटहरी बनाउने पक्षमा नेकपामा बहुमत

राजधानीका संरचनाहरु  विभिन्न जिल्लामा छर्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव अस्वीकार गर्दै १ नम्बर प्रदेशको सत्तारुढ दल नेकपाका अधिकांश सांसदले इटहरी र आसपासको क्षेत्रमा एकीकृत रुपमा राजधानी स्थापना  गर्न माग गरेका छन्।

चीन जानुअघि नेपाललाई सिंगापुरबाट दाहालको फोन, कुरा मिल्यो?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अमेरिका र अर्का अध्यक्ष पुष्पकमल दाहाल सिंगापुरमा रहेका बेला सरकार र पार्टी नेतृत्वको आलोचना गरेर चर्चामा रहेका नेकपाको तेस्रो वरियताका नेता नेपाल सोमवार दिउँसो चाइना एयरको विमानमार्फत चीन प्रस्थान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्