९ आश्विन २०८१ बुधबार
image/svg+xml

केपी ओलीले जति नै गाली गरेपनि म पार्टी एकतावद्ध होस भन्ने पक्षमा छुः माधव नेपाल

‘केपी ओलीले जति नै गाली गरेपनि आफू पार्टी एकतावद्ध होस भन्ने पक्षमा छु। एकताका लागि मेरो प्रयत्न जारी छ। पार्टी एकतामा जोड दिन चाहन्छु।’

‘ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया धकेलियो’

‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ। त्यसले गर्दा विश्वासको वातावरण बनेको छैन, सहमति पनि खण्डित भएको छ।’

एकताको पक्षमा प्रयासरत छुः माधव नेपाल

‘एकताको प्रक्रिया र वार्ता अघि बढीरहेको छ। केही सहमति भएका छन्। केही विषयमा अझै वार्ता जारी छ। यो विषयमा स्थायी कमिटीमा हामीले निरन्तर छलफल गरिरहेका छौँ। एकता हाम्रो इच्छा हो। चाहाना हो,' उनले भने, 'अहिलेसम्म वार्ताबाट आएका सहमतिहरु त छँदैछन्, हामी एकता र सहमतिका लागि अझै वार्तामा सामेल छौँ। प्रयासरत छौँ भनेर भन्नुभो।’

‘मुलुकलाई बेहालबाट जोगाउन आत्मसमीक्षा गरौं’

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिगमन ल्याउने प्रमुख पात्र प्रधानमन्त्री केपी ओली भए पनि यो मुलुकको दुरावस्थाका निम्ती अन्य दलहरू पनि जिम्मेवार भएको बताएका छन्।

चन्द नेतृत्वको नेकपाले खोटाङमा एमसिसि र एनसेलविरुद्ध संघर्ष गर्ने

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जिल्ला संगठन समिति खोटाङले एमसिसि र एनसेल विरुद्धको विरोध तथा संघर्षको कार्यक्रमलाई व्यापक बनाउने निर्णय गरेको छ।

ओलीद्वारा स्कुल विभागको नेतृत्व, एमालेमा ९ विभाग गठन

विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले नौ वटा विभागहरु गठन गरेको छ।

मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिन्छः केपी ओली

उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरुले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढ्ने पनि बताए।

सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने ओलीको चेतावनी

'यी सबै कुराहरुको सम्बन्धमा सरकारलाई हामी खवरदारी पनि गर्दछौं,' अध्यक्ष ओलीले सरकारलाई सचेत गराउँदै भने,'प्रतिवाद गर्छौ र आवश्यक पर्‍यो भने प्रतिरोध पनि।'

भदौ २७ र २८ मा विधान महाधिवेशन गर्ने एमालेको निर्णय, विभिन्न कार्यदल गठन

नेकपा (एमाले) स्थायी कमिटीको बैठकले भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ।

पार्टीलाई एकतावद्ध बनाउने एमाले स्थायी समितिको निर्णय

नेकपा एमालेमा देखिएको विवाद समाधान गर्नका लागि पार्टीले थप प्रयास गर्ने भएको छ। पार्टीलाइ एक बनाएर्र लैजानका लागि सबै प्रयासहरु गर्ने निर्णय सहित पार्टीको स्थायी समिति बैठक सकिएको नेकपा एमालेले जनाएको छ।

माओवादी केन्द्रद्वारा साउन ३० भित्र वडा कमिटी गठन गर्न निर्देशन

नेकपा (माओवादी केन्द्र)ले साउन ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ।

माओवादीद्वारा महाकाली नदीमा भएको घटनालाई गम्भीर रुपमा लिन माग

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले दार्चुलाको महाकाली नदीमा भएको घटनालाई गम्भीर रुपमा लिन माग गरेको छ।

तुईनबाट युवक खसेको घटनाकाे छानबिन गर्न सरकारसँग माग

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्।

माधव नेपालप्रति ओलीको आक्रोशः बामपन्थी सरकार ढाल्नेलाई पार्टीमा ठाउँ छैन

'बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रस गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने,' अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश पोख्दै भने, 'यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन।'

एमाले विघटित कार्य दलको बैठकः पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड

नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्