६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादीद्वारा महाकाली नदीमा भएको घटनालाई गम्भीर रुपमा लिन माग

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले दार्चुलाको महाकाली नदीमा भएको घटनालाई गम्भीर रुपमा लिन माग गरेको छ। पार्टीको स्थायी कमिटीको आइतबार बसेको बैठकले महाकाली नदी पार गर्न बनाइएको तुइनको लठ्ठा काट्दा बेपत्ता जयसिंह धामीको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन पार्टीले सरकारसँग माग गरेको हो।

घटनाबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाका विषयमा भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको जानकारी दिए।

प्रकाशित: १७ श्रावण २०७८ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App