९ आश्विन २०८१ बुधबार
image/svg+xml

दोस्रो अध्यक्षको प्रस्ताव स्विकार गर्न सकिदैनः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्विकार गर्न नसकिने बताएका छन्।

माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश प्रमुखका लागि अमिक शेरचनको नाम सिफारिस

नेकपा (माओवादी केन्द्र)को सिफारिस अनुसार सरकारले तत्कालीन गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पुनः प्रदेश प्रमुखमा नियुक्ति गर्ने तयारी गरेको छ।

‘अघिल्लो सरकारले सुरु गरेका कार्यक्रममा प्रतिशोध नहोस्’

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका पदम गिरीले देश कोराना कहरले आक्रान्त र उद्योगधन्दा अस्तव्यस्त रहेको जनाउँदै खोप व्यवस्थित ढङ्गले अघि बढाउन सुझाव दिए।

नेकपा खारेजीः कसलाई नाफा, कसलाई घाटा?

नेकपा विभाजनले संकटमा परेका शंकरको उदाहरण गत वैशाख १९ थियो। मुख्यमन्त्रीबाट राजीनामा दिएका पोख्रेलले पुनः आफ्नो मुख्यमन्त्री पद कायम राख्नका लागि केही प्रदेश सांसदहरुको ‘फर्जी’ नाम र हस्ताक्षर बुझाउनु पर्यो।

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन्।

प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालियो: ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालेको बताएका छन्।

ओली नरम हुँदा नेपाल कडा

नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्।

संविधान अनुसार नै देउवा प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप नगर्न एमालेलाई चेतावनी

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावना अनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा (एमाले) लाई चेतावनी दिएका छन्।

बेठीकलाई बेठीक भन्छाैं, जिम्मेवार प्रतिपक्षको भूमिका खेल्छौँः सुवासचन्द्र नेम्वाङ

आफ्नो पार्टीमा ह्विप लाग्ने तर अरु पार्टीमा ह्विप लाग्दैन भन्नु कति लोकतान्त्रिक हो भनी प्रश्न गर्दै नेम्वाङले अदालतबाट दलको निर्वाचन चिह्न र टिकटमा उठेको सांसदलाई पार्टीको नियन्त्रण नहुने व्यवस्थाले लोकतन्त्र र दलीय व्यवस्थालाई संस्थागत गर्न मलजल नगर्ने धारणा व्यक्त गरे।

ओलीको घोषणाः बाटो बिराएकाहरुलाई 'आममाफी'

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन्।

कर्णाली प्रदेश : माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ।

एमालेले आन्तरिक एकताका लागि अन्तिम समयसम्म पहल गर्ने

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को आजको केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ।

देउवालाई मत दिने सांसदसँग एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

माधवकुमार नेपाल समूहका केही नेताले विश्वासको मत नदिने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका करिब १५ जना नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन्।

प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुँदै, आज दिउँसो ३ बजे शपथग्रहण

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्