१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवालाई मत दिने सांसदसँग एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

१० बुँदे सहमतिलाई केन्द्रीय कमिटीकाे बैठकले अनुमोदन

नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहित २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

देउवालाई मत दिएर कारबाहीमा परेका नेताहरूमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन्।

यसैगरि, उक्त बैठकले एमाले विवाद समाधानका लागि गरिएकाे १० बुँदे सहमतिलाई केन्द्रीय कमिटीकाे बैठकले अनुमोदन गरेको एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले बताए। उनले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिए।

प्रकाशित: ४ श्रावण २०७८ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App