५ आश्विन २०८१ शनिबार
image/svg+xml

छुवाछुत हटाउन मेची–महाकाली पदयात्रा

जातीय विभेद तथा छुवाछुतको व्यवहारिक अन्त्यका लागि दुई युवकले शुक्रबारदेखि नेपाल पदयात्रा २०७५ सुरु गरेका छन्। अशोक दर्नाल र होमराज आचार्यले पश्चिम महाकालीबाट पदयात्रा सुरु गरेका हुन्। उनीहरूले महाकालीदेखि मेचीसम्म पदयात्रा गर्ने बताएका छन्। पदयात्रा क्रममा ७७ मध्ये ६५ जिल्ला पुग्ने योजना उनीहरुले बनाएका छन्।

मुख्य पर्यटकीय रुटको पदयात्रा बन्द

हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेग लोमान्थाङसँग सदरमुकाम जोमसोमको सडक सम्पर्क स्थापित नभएको झन्डै डेढ महिना पुगेको छ। बीचबीचमा केही दिन सञ्चार सम्पर्कसमेत टुटेको माथिल्लो भेगसम्म स्थलगत आउजाउ रोकिएको डेढ महिना भइसकेको छ। अहिलेकै अवस्थामा मौसमले साथ दिए आउजाउ सहज हुन अझै झन्डै तीन साता लाग्ने स्थानीय प्रशासनको अनुमान छ।

पर्वतारोहीका लागि तयारी खाना

पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि तयारी प्याकिङ खाद्य पदार्थ बजारमा ल्याइएको छ । ‘एभरेस्ट ट्रेकर्स फ्युल’ ब्रान्डमा नेपालमा पहिलोपटक सार्वजनिक गरिएको खाद्य पदार्थ हाल तीन किसिमका रहेको बताइएको छ । एक वर्षभित्र दाल, भातसहित २० वटा खाद्यान्न प्याकेटमा ल्याइने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

मनास्लुलाई एक फन्को

संसारको आठौं अग्लो हिमाल मनास्लु (८,१५६ मिटर) क्षेत्रको पदयात्रा रोचक र साहसिक हुन्छ। गोरखाको सोतीखोलाबाट सुरु हुने पदयात्रामा बेँसीदेखि लेकसम्मको भौगोलिक विविधता अनुभव गर्न सकिन्छ। फरक जीवनशैलीको अनुभवका लागि पनि मनास्लु पदमार्ग आकर्षक छ। जति उचाइमा पुगिन्छ उति नै फरक रहनसहन अनुभव गर्न पाइन्छ।

हिमपातले अन्नपूर्ण क्षेत्रको पदयात्रा अस्तव्यस्त

निरन्तर हिमपातले अन्नपूर्ण क्षेत्रको पदयात्रा अस्तव्यस्त बनेको छ। साहसिक पर्यटकले बढी रुचाउने अन्नपूर्ण फेरोको पदयात्रा झन्डै दुई सातादेखि अवरुद्ध छ। हिमपात जारी रहेकाले पर्यटकलाई पदयात्रामा जान रोक लगाइएको छ।

मलेसिया र इन्डोनेसियाली पाहुना बोलाउँदै ट्रेकिङ व्यवसायी

अन्नपूर्ण क्षेत्रको पदयात्रा रुचाएका मुलुकका पर्यटकलाई लक्ष्य गर्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरले प्रवद्र्धनात्मक गतिविधि गर्ने भएको छ। पछिल्लो समय अन्नपूर्ण क्षेत्रको पदयात्रामा मलेसिया, इन्डोनेसिया, सिंगापुरका पदयात्री बढी थपिन थालेका छन्।

अाजै घुमाैंँ भीमढुंगा

जाडोमा न्यानो पहार ताप्न पाइन्छ भीमढुंगामा। हिँडेर जाने कि गुडेर, दुबै सुविधा छ। खान, बस्न र आराम गर्न होटल एवं होमस्टे पनि छँदैछन्। चिटिक्क घर। सफा आँगन। नजिकै करेसा बारी। बारीमा लहलह सागसब्जी। चारैतिर खुल्ला दृष्य। नागार्जुन डाँडाको फेदमा अबस्थित थाप्ले (१,८०० मिटर) सुन्दर छ।

झलक्क पञ्चासे

अग्ला पाँचवटा डाँडाहरुको संगम हो पञ्चासे। डाँडाका ति टाकुरामा शिद्धबाबा, धर्मशाला, महादेव, भ्यू टावर, चौबिसे राज्यकालीन गढी र बुद्धका मूर्ति छन्। खासमा कास्की, पर्वत र स्याङ्जाको संगमलाई पञ्चासे भनिन्छ।

पदयात्रामा अब बिमा अनिवार्य

नेपालको पदयात्रा क्षेत्रमा पर्यटकको ‘फेक रेस्क्यू’ (फर्जी उद्धार) हुने गरेको भन्दै हिमाली भेगको पदयात्रामा जान चाहने पर्यटकको जोखिम बेहोर्न अन्तर्राष्ट्रिय बिमा कम्पनी तयार नभइरहेको बेला सरकारले भने ‘ट्राभल इन्सुरेन्स’ (यात्रा बिमा) नगरी पदयात्रामा जान नपाउने गरी कडाइ गरेको छ।

पदयात्रा शुल्कवृद्धिको विरोधमा पर्यटन व्यवसायी

पदयात्रा अनुमति शुल्क बढाइएको र अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा हेलिकोप्टर अवतरण नरोकिएको विषयमा पर्यटन व्यवसायीले आपत्ति जनाएका छन्।

पदयात्रा शुल्कको समाधान खोज्न अध्ययन समिति

स्थानीय संघसंस्था र स्थानीय तहले पदयात्रा जाने पर्यटकबाट धमाधम शुल्क उठाउने तथा अनुमति शुल्क वृद्धि गर्न थालेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्रमा हेलिकप्टर रोक्न र पदयात्रा शुल्क घटाउन माग

गण्डकी प्रदेशका सांसद राजिव पहारीले अन्नपूर्ण संरक्षण क्षेत्रमा बढाइएको पदयात्रा शुल्क फिर्ता लिन माग गरेका छन्। प्रत्येक दुई महिनामा निर्वाचन क्षेत्र भ्रमण गर्ने चुनावी प्रतिबद्धताअनुसार लान्द्रुक र घान्द्रुक भ्रमणमा रहेका सांसद पहारीले संरक्षण क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउन र पदयात्रा शुल्क घटाउन माग गरेका हुन्।

संरक्षण क्षेत्रको पदयात्रा शुल्क वृद्धि

‘म अचम्मित छु, के अब सास फेरेको शुल्क पनि तिर्नुपर्ने हो ?’ नेपालका संरक्षण क्षेत्रमा घुम्न जाँदा तिर्नुपर्ने अनुमति शुल्क वृद्धिबारे जानकारी पाएपछि अमेरिकी नागरिक फिल हलब्रोकले सामाजिक सञ्जालमा पोखेको गुनासोको यो अंश मात्र हो।

‘जब बस्ती छुट्छ, सम्पर्क पनि टुट्छ’

गुर्जा हिमाल आरोहण गर्न गएको विदेशीको समूह गत बिहीबार प्राकृतिक प्रकोपको चपेटामा पर्यो । पहिलोपटक आरोहण अनुमति पाएको म्याग्दीको गुर्जा हिमाल (७१९३ मिटर) आरोहणमा गएका पाँचजना दक्षिण कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगी गरी नौजनाको प्रकोपमा परी ज्यानै गयो।

सिजनकै मुखमा पदयात्रा मजदुरको आन्दोलन

पदयात्राको मुख्य सिजनकै मुखमा पर्यटन क्षेत्रमा आवद्ध मजदुरले आन्दोलन घोषणा गरेका छन्। पदयात्रा क्षेत्रका व्यवसायीले आफूहरुलाई अनावश्यक दुःख दिएको र एकाधिकार लादेको भन्दै मजदुरले सिजनको मुखमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्