३ मंसिर २०८१ सोमबार
image/svg+xml

कूटनीतिका भूतप्रेत

कुनै राष्ट्र कब्जा गर्न सेना पठाउनै पर्दैन। त्यहाँका शिक्षा प्रणाली, धर्म संस्कृति, परम्परा, सेना, प्रहरी, निजामती, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका लगायत सबैतिर मन्द विष छर्किए पुग्छ।

भारतको सैन्य भर्ती योजना अग्निपथबारे सरकारले कुनै निर्णय गर्दैनः परराष्ट्र मन्त्रालय

'अग्निपथको बारेमा नेपाल सरकारको अहिलेको निर्णय भनेको नव निर्वाचित सरकारले नै कुरा राख्ने हो, अहिले तत्काल अघि बढ्दैन, यो गर्ने भन्ने भएको छैन, यो विषय सबै राजनीतिक दलहरुसँग समन्वय गरेर राष्ट्रिय सहमतिमा पुग्नुपर्ने विषय भएकोले त्यसलाई आँकलन गरेर नयाँ सरकारले नगरौँ भन्ने नै अहिलेको सरकारको नीति रहेको छ।’

भारत पुर्‍याइएका १६ बालकको उद्धार

उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका छन्।

भारतको सिकन्दराबादको होटलमा आगलागी, ८ जनाको मृत्यु

भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उनले शनिबार बताएका छन्। ती घरहरु प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन्।

भारतमा एक दिनमा ६ हजार भन्दा बढी कोरोना संक्रमित

हाल भारतमा ४९ हजार छ सय ३६ जना सक्रिय संक्रमित छन्। नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढेको छ। बुधबार ६ हजार सात सय ६८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या चार करोड ३९ लाख छ हजार नौ सय ७२ पुगेको छ।

नेपाल र भारत दुवैको बंगलादेश छल्ने दाउ

श्रीलंकाको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा शुक्रबार साबिक विजेता भारतको सामना गर्दा नेपाल जितसहित समूहविजेता बन्ने लक्ष्यमा हुनेछ।

भुम्लुका सात गाउँमा रेबिजको त्रास, २८९ जनालाई खोप

'मरेको भैँसीको मासु खाएका थप स्थानीय नखुल्दा रोकथाममा समस्या निम्तिन सक्छ, रेबिजको पहिचान, परीक्षण र रोकथाम सुरुआत गरिएको छ', उनले भने। गत बिहीबार भुम्लुबेँसीमा मरेको राँगोमा रेबिज रोग पुष्टि भएपछि स्थानीय थप त्रसित बनेका हुन्।

भारतीय सेनाध्यक्ष पाण्डेले आज प्रधानमन्त्री देउवासँग भेट्दै

पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने भएका छन्।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ।

भारतीय स्थल सेनाध्यक्ष पाँडे नेपालमा (फोटोफिचर)

प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष पाँडे ५ दिने नेपाल भ्रमणमा आएका हुन्। पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै आइतबार अपरान्ह उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका सेनाध्यक्ष पाँडेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले विमानस्थलको भि.आई.पी कक्षमा स्वागत गरेका थिए।

भारतीय स्थल सेनाध्यक्ष जनरल पांडे आज नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेका हुन्।

दुवैलाई उत्तिकै दबाब

पाकिस्तानका ब्याट्सम्यान मोहम्मद रिजवानले एसिया कपमा चिर परिचित प्रतिद्वन्द्वी भारतसँग आइतबारको दोस्रो प्रतिस्पर्धामा आफ्नो टोलीले धैर्य र साहसका साथ प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीको छवी नेपालमा कस्तो छ, के मोदी र ओलीबीच तुलना हुन्छ?

नेपालका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘नेपालका हिन्दूहरूमा मोदीप्रतिको क्रेज घटेको छ भन्ने मलाई लाग्दैन। नेपालको ८५ प्रतिशत भन्दा बढी जनसंख्या हिन्दू छन् र मोदी मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र हिमालयमा ध्यान गर्छन् त्यसैले यहाँका हिन्दूहरूले मन पराउँछन्।’ उनी भन्छन, ‘नेपालका जनताले आफ्ना राजनीतिज्ञलाई पनि यस्तो गरेको देखेका छैनन्, जनताले ओली र मोदीबीच समानता खोज्छन् तर मैले कुनै समानता देख्दिनँ। ओली अवसरवादी हुन् तर मोदी हिन्दू धर्मप्रति पूर्ण प्रतिबद्ध छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्