४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दोलखामा ४.६ रेक्टरको भूकम्प

दोलखामा शुक्रत्बार ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ।  जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ।

दोलखाबाट १० जना सांसद, कांग्रेसका दुई

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा देशभरीमै सबै भन्दा फराकिलो मतान्तरको रेकर्ड राखेर दोलखामा लज्जाजनक हार व्यहोरेको कांग्रेस निल हुनबाट भने जोगिएको छ।

दोलखावासीलाई तामाकोसीको घटीमा ३० देखि बढीमा ३०० कित्ता सेयर

अर्को वर्ष निर्माण सम्पन्न हुने बहुप्रतीक्षित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडले दोलखाबासीलाई ३० देखि ३०० कित्तासम्म सेयर दिने भएको छ । कम्पनीले आयोजनाबाट अति प्रभावित, प्रभावित र कम प्रभावित गरी तीनवटा वर्गीकरण गरिएको छ । अति प्रभावितलाई बढी र कम प्रभावितलाई थोरै सेयर दिने कम्पनीको योजना छ ।

दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ।  दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन्। जिल्लामा तीनवटा निजी अस्पताल, केही पोलिक्लिनिक, केही डेण्टल अस्पताल र मेडिकल सञ्चालनमा रहेपनि ती सबै मापदण्ड विपरीत भएको सरोकारवाला निकायले नै बताएका छन्।

दोलखामा एमालेका पार्वत गुरुङ ३० हजार बढी मतले विजयी

दोलखामा बाम गठबन्धनका प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार पार्वत गुरुङ भारी मतले विजयी भएका छन्। उनी ३०६४४ बढी मतले विजयी भएका हुन्। उनले ५५४५७ मत प्राप्त गरे। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४८१३ मत पाए।

दोलखाको मार्वु मतदानकेन्द्रमा तनाव, ५ राउन्ड हवाई फायर

दिनभर शान्त रहेको दोलखाको निर्वाचनमा अपराह्न पछि तनाव सुरु भएको छ। नखसेको मत अन्य व्याक्तिहरुले हाल्न खोजे पछि जिल्लाका विभिन्न मतदान केन्द्रमा तनाब भएको हो।

दोलखाका मतदातामा किन देखिएन उत्साह?

आइतबार बिहानैदेखि म दोलखाका मतदान केन्द्रको भ्रमणमा निस्किएँ। मतदान केन्द्रहरुमा निर्वाचन कर्मचारी एवं सुरक्षाकर्मीहरु पहिलाका निर्वाचनमा झै व्यवस्थित देखिन्थे। फरक दृश्य यो थियो कि अधिकांश मतदान केन्द्रमा मतदाता लाइनमा बस्नुपर्ने अवस्थामा थिएनन्। कालिन्चोक गाउँपालिकाको कालिन्चोक, बाबरे, लामिडाँडा, लातिलाङसहितका सात मतदान केन्द्रको स्थलगत अवलोकन गर्दा मतदातामा स्थानीय निर्वाचनजस्तो उल्लास देखिएन।

किन दोलखामा सधैँ बुथ कब्जा?

हाल तामाकोशी गाउँपालिकाको वडा नं.५ मा पर्ने तत्कालिन शहरे गाविस प्रवेश गरे लगतै ति युवा गाउँमा चुनाव प्रचारमा जुटेका एमालेका कार्यकर्ताहरुको पंङक्तीमा मिसिन पुगे। प्रायले कपाल पालेका र बुट लगाएका थिए। केहीले झोला बोकेका थिए। संसदिय चुनावहरुमा प्राय एमालेको दबदबा रहने यो गाउँमा त्यही साँझबाट कांग्रेसका कार्यकर्तालाई चुनाव हुने दिन सम्मका लागि गाउँ छाड्न उर्दी लगाइयो।

दोलखामा कांग्रेसको चुनावी अभियान सुरु

२०४८ यताका अधिकांश चुनाव वामपन्थीले जित्दै आएको दोलखामा यस पटक दोलखा कांग्रेसले कम्युनिस्ट गढ भत्काउने गरी आक्रामक रणनीतिसहित चुनावी अभियान थालेको छ ।

दोलखामा कसले मार्ला बाजी ?

बहुदल आएयता प्रायः चुनावमा कम्युनिस्टको पल्ला भारी हुनेगरेको दोलखामा यसपालि भने कांग्रेस र कम्युनिस्टबीच रोचक प्रतिस्पर्धा देखिँदैछ। यसअघि दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा बहुदलयताका ५ चुनावमध्ये २०५१ मा क्षेत्र नं. १ कांग्रेस र २०६४ मा दुवै क्षेत्रमा माओवादी केन्द्रले जितेको थियो । त्यसबाहेक २०५१ मा क्षेत्र नं. २ सहित अन्य संसदीय चुनाव एमालेले जितेको थियो।

दोलखा २ मा एमालेका सधैं 'पाहुना' उम्मेदवार

दोलखा स्थित प्रदेश सभाको क्षेत्र नं २ मा बहुदल यताका प्राय निर्वाचन जित्दै आएको एमाले भित्र आगामी प्रदेश सभा चुनावका लागि सोही क्षेत्रमा नाम कहलिएका दुई नेताले टिकट दाबी गरे।

सबैभन्दा बढी उम्मेदवारी दोलखामा र कम मनाङमा

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दोलखामा परेको छ भने सबैभन्दा कम मनाङमा परेको छ।  प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

दोलखामा कांग्रेसबाट नयाँ अनुहार

मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दोलखा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ ।  आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गर्नेहरू सबै नयाँ अनुहार हुन्।

दोलखा एमालेका पुराना नेता मालेबाट उम्मेदवार

दोलखा २ मा प्रदेश सभा सदस्यका आकांक्षी एवं एमालेका पुराना नेता लालकुमार केसीले नेकपा मालेबाट उम्मेदवारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्