दोलखामा बाम गठबन्धनका प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार पार्वत गुरुङ भारी मतले विजयी भएका छन्। उनी ३०६४४ बढी मतले विजयी भएका हुन्। उनले ५५४५७ मत प्राप्त गरे। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४८१३ मत पाए।
त्यस्तै प्रदेश सभा १क माओवादीका विशाल खड्का २८३५० मत ल्याएर विजयी भए। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १२९५६ मत ल्याए।
त्यस्तै प्रदेशसभा १ख मा एमालेका पशुपति चौलागाईँ २३०५८ मतले विजयी भए। उनका निकट्तम प्रतिद्वन्द्वी केशव चौलागाईँले १०८८० मत ल्याए।
प्रकाशित: २३ मंसिर २०७४ ०५:२७ शनिबार