१२ माघ २०८२ सोमबार
image/svg+xml

मोटरसाइकल चोर्ने एक जना पक्राउ

मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ८ पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

संसद् भवन तयार गर्न प्रम कार्यालयलाई चिठी

संसद् सचिवालयले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि तत्काल बैठक सञ्चालन गर्न संसद् भवन तथा अन्य आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिवलाई पत्राचार गरेको छ।

बजाज ‘नेक्स्ट जेन महा एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

यही माघ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्निभलमार्फत ग्राहकले बजाजका नयाँ पुस्ताका मोटरसाइकल आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

सानिमा बैंकका नवनियुक्त सिइओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंकको सञ्चालक समितिको ०८२ कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

विश्वक्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशाला मध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु हेर्ने अवसर दिएर, डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य राखेको छ ।

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि...

लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरिएको छ। जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्यष्टि गरेको हो।

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेका थिए। पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी भएका थिए।

झापा-२ मा एमालेले बनायो निर्वाचन परिचालन समिति

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा नेकपा (एमाले)ले प्रदेश कमिटी सदस्य एकराज कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

एचपिभी खोप माघको तेस्रो सातादेखि लगाइँदै

सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरुलाई लगाउने भएको छ ।

‘घाइते चुनाव’ ले देशलाई निकास दिन्छ भन्ने लाग्दैन, त्यसैले उम्मेदवार बनिनँ: झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न निर्वाचनमा आफू उम्मेदवार नबन्नुको कारण खुलाएका छन्।

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन्।

मुलुक जल्नुको मुख्य कारण कांग्रेस-एमाले गठबन्धनः वर्षमान पुन

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिले नवयुवामा बढेको तीव्र असन्तुष्टि २३ भदौमा विस्फोट भएको पुनका भनाइ थियो ।

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा श्रीमती ३० वर्षीया हीरा दाहालको मृत्यु भएको छ।

चुनावी चर्चाः दीर्घकालीन आर्थिक समृद्धिका लागि रणनीतिक योजना माग

ठूला र साना उद्योगहरू, औद्योगिक क्षेत्रहरू, साथै धार्मिक र प्राकृतिक पर्यटनका सम्भावनाले यस जिल्लालाई समृद्धिको नयाँ केन्द्र बनाउने क्षमता दिएको छ ।

सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा भेटिएको बसमा मानव कङ्काल भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्