६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘गृहमन्त्रीज्यू ! गौहत्यारामाथि कारबाही गरेर विगतका सबै पाप पखाल्नुस्’

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ।

गौशालाको भण्डारखालमा दुईले गरे आत्महत्या

खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन्।

बुवाआमाको गालीका कारण आत्महत्या

पर्सामा बुवाआमाको गालीका कारण छोराले आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका -२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले झुण्डिएर आत्महत्या गरेका हुन्। सोमबार उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

स्वयम्भूमा छुरा प्रहार गरी एकको हत्या, कलंकीमा कामदारलाई छतबाट खसालियो

स्वयम्भूमा एक जनाको छुरा प्रहार गरी हत्या गरिएको छ भने कलंकीको एक होटेलबाट कामदारलाई बाँधेर छतबाट खसालिएको छ।

तीजकै दिन खुर्पा प्रहार गरी श्रीमतीको हत्या

अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

नेपालगन्जका गाई पूर्वबाट भारत तस्करी

नियन्त्रणमा लिइएको सो ट्रकको ढाला खोलेर हेर्दा गाईबाच्छा बोकिएको थियो, जसमध्ये धेरै गाईबाछो मरिसकेका थिए। एसपी चतुर्वेदीका अनुसार बाँचेका गाईहरू पनि हिकहिक गर्दै मुख बाइरहेका थिए।

पशु नियन्त्रणका वैज्ञानिक उपाय हुँदाहुँदै किन क्रुरता ?

यो हप्ता दुई घटना चर्चामा रहे। तर ति घटना सभ्य समाजमा कल्पनासम्म गर्न नसकिने थिए। पहिलो नेपालगञ्जको कान्जिहाउसबाट दैलेखतर्फ लैजान लागिएका भनिएका दुई सय ९१ गाई गोरुलाई सुर्खेतमा भिरबाट खसालियो। अर्को खोटाङमा कुकुर नियन्त्रणको नाममा कुटीकुटी हत्या गरियो।

सातजनामाथि ‘गोवध’ मुद्दामा छानबिन, जनप्रतिनिधिलाई पनि कारबाही माग

नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल पनि गोवध घटनामा मुछिएका छन्। उनलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ।

होन्डुरसमा पत्रकारको हत्या

मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ।

भीरमा खसाल्नु ‘अपराध’

चितवन क्यारियरले चौपाया दैलेखसम्म पु-याउने जिम्मा पाएको थियो। गाई राखेर नेपालगन्जबाट बिहीबार राति दैलेखतर्फ छुटे आठवटा ट्रक। ती ट्रकसँगै नगर प्रहरी निरीक्षक सूर्य बोगटी नेतृत्वको टोली पनि थियो। उनीहरुले गन्तव्यसम्म नपु-याउँदै कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको प्रवेशद्वार धुलियाबिट, उत्तरी जलाधार क्षेत्रमा पर्ने कटकुवालगायत ठाउँमा गाईहरु झारे।

नौ करोड ठगी: तीन सय परिवार विस्थापित

पीडितमध्ये विष्णुदेवी चौधरीले भनिन्, ‘मैले तीन वर्षअघि १ लाख मात्र ऋण लिएकी हुँ तर ५ लाखको कागज गराएको रहेछ। त्यतिले नपुगेर १४ वर्षीय छोरा हेम चौधरीका नाममा २० लाखको कागज बनाएर आदलतमा मुद्दा हालिएको छ।

‘गौहत्या’ प्रकरणः नेपालगन्ज स्तब्ध, निष्पक्ष छानविनको माग

कान्जी हाउसभित्र राखिएका मध्ये करिब २ सय ९० जति चौपायालाई उपमहानगरपालिकाले बिहीबार राती अचानक ८ वटा ट्रकमार्फत दैलेखतर्फ पठाएको सूचना बाहिरियो। त्यसपछि शुक्रबार बिहानपख सुर्खेतमा करिब ३ दर्जन जति गाईलाई ‘भिरबाट खसालेर मारिएको’ र दर्जनौं संख्यामा घाइते रहेको भन्ने खबर सामाजिक सञ्जालमा भाइरल भयो। सुर्खेतको कटकुवामा मरेका चौपायाको तथ्यांक अहिलेसम्म पनि एकिन छैन।

गौहत्या प्रकरणमा गृह मन्त्रालयद्वारा छानविन समिति गठन, दोषी कसैलाई नछोडिने

सरकारले सुर्खेतको गौहत्या प्रकरणमा छानविन गर्न ४ सदस्यीय समिति गठन गरेको छ। शनिबार गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिसमेत रहनेगरी ४ सदस्यीय छानविन समिति गठन गरिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

हत्या आरोपित रिहा भएपछि पीडित निरास

बलकको अपहरणपछि हत्या गरेको आरोपमा हिरासतमा रहेका अभियुक्तहरु धरौटी र साधारण तारेखमा रिहा हुन थालेपछि पीडित परिवार निरास बनेका छन् । रौतहटको कटहरिया नगरपालिका वडा नम्वर ९ डुमरिया पोखरीय ाटोलका दिलिप साहको १० वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ परेकाहरु धरौटीमा छुट्न थालेका हुन्।

एक सय गाई नेपालगञ्ज फिर्ता पठाइयो

नेपालगञ्जको कान्जीहाउसबाट दैलेखको श्रीस्थान लिन लागिएका २ सय ९१ गाई विहीबार राति वीरेन्द्रनगरको कटकुवा र धुलियाविट जंगलमा छोडिएका थिए

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्