७ आश्विन २०८१ सोमबार
image/svg+xml

भिरबाट खसालेर ‘गौहत्या’ प्रकरणः छानबिन गर्न राप्रपाकाे माग

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेतको जंगलमा भेटिएको मृत गाइ र घाइते अबस्थाको गाइबारे छानविन गर्न माग गरेको छ।

भिरबाट खसालेर ‘गौहत्या’

प्रहरीका अनुसार नौ वटा चौपायाहरुलाई भिरबाट खसालेर मारेको पाइएको छ। कटकुवा जंगलमा फेला परेका मध्ये एक सय ५० भन्दाबढी चौपायाहरु घाइते छन्।

मानिसले किन गर्छन् आत्महत्या ?

अप्राकृतिक रूपमा जीवनलाई आफैं अन्त्य गर्ने कामलाई आत्महत्या भनिन्छ। प्रकृतिप्रदत्त जीवनलाई असामयिक रूपमा अप्राकृतिक तवरले अन्त्य गर्ने भएकाले यसलाई अपराधका रूपमा लिएको देखिन्छ। खासगरी आत्महत्या प्रयास वा संयुक्त रूपमा आत्महत्या गर्दा सहभागीमध्ये कुनै एक बाँचेमा ऊ सजायको भागिदार बन्छ। आफ्नो जीवनबारे आफैंले निर्णय गर्न पाउनुपर्छ भन्ने दृष्टिकोण एकथरीको पाइए पनि आत्महत्याले परिवार तथा समाजमा नराम्रो प्रभाव पार्ने भएकाले नै यसलाई निकृष्ट कार्य मानिएको हो। आत्महत्या बाहिर देखिने मुख्य कार्य भए पनि यसका भित्री कारण अनेक हुन्छन्, जसको समयमै उपचार भएमा आत्महत्या दर अवश्य घटाउन सकिन्छ।

आत्महत्या गर्नेको सङ्ख्या बढ्दो

जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो।

आत्महत्या दुरुत्साहनको आरोपमा मुद्दा दर्ता

आत्महत्या दुरुत्साहनको आरोपमा यहाँ एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ। चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीयवासी युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ

एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ। पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई पक्राउ गरिएको हो।

छोरी मारेर फरार बुबा १९ बर्षपछि पक्राउ

आफ्नै छोरीको हत्या गरेर फरार व्यक्ति १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ। छोरीको हत्या गरी फरार रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाका ६३ वर्षीय पूर्णवासी लोनियालाई प्रहरीले बुधबार भैरहवा मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो।

आत्महत्या दुरुत्साहन कानुन 'अपूर्ण'

मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ को ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ अन्तर्गत उपदफा (१) मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन र उपदफा (२) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँँसम्म जरिबाना हुने उल्लेख छ।

'भिडियो मृत्युकालीन घोषणा हो–होइन, यकिन छैन'

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा बलियो प्रमाण मानेर पेस गरिएको भिडियोको फोरेन्सिक र शव परीक्षण रिपोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ । सोमबार भएको आत्महत्या दुरुत्साहन मुद्दाको आदेशमा ‘भिडियोको फोरेन्सिक परीक्षण र शव परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रूपमा अदालतले थप परीक्षण नगरी, नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्था देखिएन,’ उल्लेख छ ।

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस सुरू

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराव कँडेलको बयान सकिएको छ।लामिछाने सहित तीन जनाको चितवन जिल्ला अदालतमा बयान सकिएको जनाएको हो। चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले दुबै जनाको बयान सकिएको पुष्टि गरे।

आत्महत्या दुरुत्साहन हुन सक्छ ?

अहिले ‘आत्महत्या दुरुत्साहन’ पदावली जनचासो र सार्वजनिक चर्चाको विषय बनेको छ। मुलुकी ऐन २०२० लागू रहँदासम्म यो पदावलीको खासै चर्चा हुन्नथ्यो। २०७४ सालमा जारी मुलुकी अपराध संहिताको १२औं परिच्छेदको ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा ‘आत्महत्या दुरुत्साहन’ लाई कसुरको नाम दिएर राखेपछि यो विषय चर्चामा आउन थालेको हो। अहिले उक्त अभियोगमा अनुसन्धान र अभियोजन सिलसिला पनि अगाडि बढेपछि यो चर्चा र बहस बढेको छ। यो आलेखमा यस पदावलीका माध्यमबाट परिभाषित कसुरका सन्दर्भमा फौजदारी विधिशास्त्रीय दृष्टिपात गर्ने जमर्को गरिएको छ।

मदिरा पिएर आफ्नै नातेदारको हत्या

मदिरा पिएर विवाद हुँदा छुरा प्रहार गरि सुनसरी भोक्राहा–नरसिंहका एक पुरुषको हत्या भएको छ। भोक्राहा–नरसिंह वडा नं. ५ का ४५ वर्षीय वहाव मियाँको छुरा प्रहारबाट सिकिस्त भएकोमा आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको हो।

चितवनमा रवि समर्थक र प्रहरीबीच झडप, एक प्रहरी घाइते

आज नलिएको भन्दै प्रर्दशन गरेपछि प्रहरीले हटाउन खोज्दा झडपसमेत भएको छ। झडपमा एक प्रहरी घाइते भएका छन् भने केहि प्रर्दशनकारी प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

रवि लामिछानेको बयान भोलि मात्रैः अदालत अगाडी नारा जुलुस, भिड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन अन्तर्गत आइतबार चितवन जिल्ला अदालतमा मुद्धा दर्ता गरिएकोमा एक अभियोगीको मात्र बयान लिने काम सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्