७ आश्विन २०८१ सोमबार
image/svg+xml

लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दर्ता, बयान सुरु

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवी लामिछानेसहित तीन जनाविरुद्ध आइतबार मुद्दा दर्ता गरिएको छ। मुद्दा एक नम्बर इजलासमा रहेका न्यायधीश हेमन्त रावलले हेर्ने तय भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी दिए। लामिछानेसहित युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहन अन्तर्गत मुद्दा दर्ता गरिएको हो।

मेक्सिकोमा छुरा प्रहार गरी पत्रकारको हत्या

सन् २००० यतामात्र मेक्सिकोमा करिब १०० जना पत्रकारको हत्या भइसकेको छ। लागूपदार्थको अवैध कारोबार र राजनीतिक भ्रष्टाचारका कारण पत्रकारमाथि बारम्बार आक्रमण हुने गरेको छ।

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने?

गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो। ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो। अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा।

लामिछानेसहित तीनजनालाई आज अदालत पेस गरिँदै

प्रहरीबाटै असुरक्षित रहेको महसुस आफूलाई भएको भन्दै पत्नी निकितामार्फत लामिछानेले सामाजिक सञ्जालमा सन्देश पठाएका थिए। भेटका क्रममा खनालले लामिछानेलाई सुरक्षाको जिम्मा नेपाल प्रहरीको रहेको प्रस्ट पारेका थिए।

‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारमा कोठा लिएको खुलेको छ।

प्रेमीसँग मिलेर बाबुको हत्या, दमकल आएपछि बाहिरियो घटना

मोबाइल चलाउन प्रतिबन्ध लगाएपछि छोरीले प्रेमीसँग मिलेर आफ्नै बाबुको हत्या गरेकी छन्।

आगो लगाई श्रीमती र छोराको ज्यान मार्ने प्रयास

धादिङमा श्रीमानले आगो लगाई श्रीमती र छोराको ज्यान मार्ने प्रयास गरेका छन्। जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं १ धारापानीकी २५ वर्षीय बिमला दराइ लम्साल र उनका दुई वर्षीय छोरा जेनिस लम्साललाई सोमबार राती श्रीमान २८ वर्षीय गणेश लम्सालले ज्यान मार्ने प्रयास गरेका हुन्।

रवि लामिछानेसहित तीन जनालाई फेरि ५ दिन हिरासतमा राख्न आदेश

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनका लागि पक्राउ गरिएका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ।

पुडासैनी र रवी लामिछाने प्रकरणमा सत्तारुढ सांसद आक्रोशित, प्रतिपक्षी सांसद बोलेनन्

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या र रवी लामिछानेको गिरफ्तारी प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले आक्रोश व्यक्त गरेका छन्।

पूर्वराजदूत झा हत्या प्रकरणः सुरक्षागार्ड तामाङ पक्राउ

पूर्वराजदूत केशवराज झाको हत्या प्रकरणमा सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरेको छ। झाका सुरक्षागार्ड काभ्रे पनौति नगरपालिका–१० का सानुकान्छा तामाङलाई पक्राउ गरेको हो।

पतिको हत्यारासँग पैसा लिने महिला पक्राउ

जिल्ला प्रहरी कार्यालयले जघन्य प्रकृतिका घटनामा संग्लग्न व्यक्तिलाई पक्राउ गरेको छ। आफ्नै पतिको हत्यारासँग पैसा लिइ घटना गुपचुप राखेको आरोपमा भोजपुर नगरपालिका ४ सिद्धेश्वर दाँवाकी मिना मिजार सार्कीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। पतिको हत्यारालाई कानुनको कठघरामा उभ्याउनुको साटो मिनाले उल्टै पैसा लिएर घटना लुकाएकी थिइन्।

भ्रष्टाचार र आत्महत्या

भ्रष्टाचारविरुद्धको छानबिन प्रक्रिया निकै जटिल विषय हो। छानबिन गर्ने अख्तियारी पाएको निकाय सक्षम र संवेदनशील भएन भने त्यसले भ्रष्टाचारको प्रमाण सङ्कलन गरेर दोषीलाई दण्डित गर्न सक्दैन। बरु उल्टो भ्रष्टाचार आरोपितहरू आत्महत्याको बाटो समाउन पुग्छन्। प्रमाणहरू नष्ट पारिन्छन् वा भ्रष्टाचारविरुद्धका मुद्दा किनारा नलाग्दै फिर्ता लिइन्छ। धेरै एसियाली देशहरूमा यस्ता उदाहरण पाइन्छ। पछिल्लो समय नेपालमा पनि भ्रष्टाचारविरुद्ध छानबिन प्रक्रियामा ल्याइएका व्यक्तिहरूले आत्महत्या गरेका समाचार आउन थालेका छन्। जुन कानुनी शासनको कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणका लागि गम्भीर चुनौती हो।

पुडासैनी आत्महत्या प्रकरणः चितवनमा पाँच पक्राउ

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा भएको प्रदर्शनका क्रममा आज प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीको गाडीमा तोडफोड, रविका समर्थकमाथि अश्रुग्यास र लाठी चार्ज

प्रहरी भ्यानमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाट्ठीचार्ज गरेको हो। प्रहरीले अवस्थालाई नियन्त्रणमा दुई राउण्ड अश्रुग्यास समेत प्रहार गर्नु परेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एक नारायण कोइरालाले जानकारी दिए।

घरायसी झगडाले श्रीमतीको हत्या

पर्सामा घरायसी झगडाले एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । कालिकामाई–५ मा ३५ वर्षीया संगीतादेवी कुर्मीको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएकाे छ। घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति नारायण राउत कुर्मी फरार भएपछि प्रहरीले खाेजी गरिरहेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्