मलेठबारे आयोगको प्रतिवेदन अस्वीकार्य : प्रदेश सरकार
दुई वर्षअघि तत्कालीन नेकपा एमाले र मधेश केन्द्रित दलबीच सप्तरीको मलेठमा भएको घटनावारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन प्रतिवेदन मान्य नहुने प्रदेश सरकारले जिकिर गरेको छ।
दुई वर्षअघि तत्कालीन नेकपा एमाले र मधेश केन्द्रित दलबीच सप्तरीको मलेठमा भएको घटनावारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन प्रतिवेदन मान्य नहुने प्रदेश सरकारले जिकिर गरेको छ।
गणतन्त्र दिवसको दिन जन्मकैदको सजाय भोगीरहेका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा दिई कैद मुक्त गर्दा अदालतको अवेहलना भएको दावी सहित परेको रिट निवेदन सर्वोच्च अदालतबाट दर्ता अस्वीकार भएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश २ को नामकरण र सरकारी कामकाजको भाषा अविलम्ब टुंगो लगाउन माग गरेका छन्। सरकारले प्रदेशको नामकरण र भाषा तोक्ने सवालमा बहस गर्न डराइरहेको उल्लेख गर्दै यादवले आइतबार जनकपुरमा मैथिली विकास कोषले आयोजना गरेको ‘प्रदेशको नामकरण तथा भाषा’ सम्बन्धी बहसमा बोल्दै यस्तो माग गरेका हुन्।
म्यानमारका सेना प्रमुखले आफ्नो सुरक्षा बलले म्यानमारको राखिन राज्यको मुसलमान समुदायका नागरिकलाई बलात्कार लयागत यौनजन्य अपराध गरेको भन्ने आरोपको अस्विकार गरेका छन्। राजधानी नेपितमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रनिनिधिहरुलाई गरेको सम्बोधनमा सेना प्रमुख मिन आङ हानिङले बलात्कारकाे आरोप अस्वीकार गरेका हुन्।
पूर्वराष्ट्रपतिलाई निर्वाचनमा सहभागी हुन दिनेबारे राष्ट्रसंघीय निकायले गरेको प्रस्ताव माल्दिभ्सले अस्वीकार गरेको छ।
सिरियामा रासायनिक हमला भएको शंकास्पद क्षेत्रमा रहेको प्रमाणलाई रुसले हस्तक्षेप गरिरहेको भन्ने आरोप मस्कोले अस्वीकार गरेको छ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन पहिलो साताभित्र माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन्। प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आइतबार आयोजित समारोहमा बोल्दै गौतमले पार्टी एकता भएरै छाड्ने उद्घोष गरेका हुन्।
सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि भन्दै रुसले आयोजना गर्न लागेको शान्तिवार्ता सिरियाको मुख्य विपक्षी दलले अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।
सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ अहिले विश्वभर प्रदर्शन भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक भन्सालीले फिल्म खेल्नका लागि सुरुमा अभिनेता शाहरुख खानलाई अफर गरेका थिए। शाहिद कपुर र रणवीर सिंह सुरुको रोजाइ थिएनन्।
उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर जारी तनाब समाधानका लागि हुने सैन्य हस्तक्षेप अस्वीकार्य रहेको दक्षिण कोरियाली विदेशमन्त्रीले बताएकी छिन् ।
ओलम्पियन धावक बैकुण्ठ मानन्धरले खेलकुदमा राजनीति स्वीकार्य हुननसक्ने बताएका छन्। राजनीतिका कारण सक्षम खेलाडी अघि बढ्न नसकेको उनको तर्क छ। जुम्लामा हुन लागेको प्रथम हेरिटेज ट्रेल रेसको उद्घाटनका लागि आइतबार जुम्ला पुगेका धावक मानन्धरले खेलाडीको भविष्य उज्जवल हुँदाहुँदै राजनीतिले पाखा लगाईदिने गरेको गुनासो गरे।
गएको वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले शतप्रतिशत विदेशी लगानीको ड्याङगोटे सिमेन्ट नेपाललाई चुनढुंगा खानी उपलब्ध गराउने निर्णय ग¥यो । प्रधानमन्त्रीको अध्यक्षतामा हुने लगानी बोर्डको बैठकबाट गरिएको उक्त निर्णयलाई कार्यान्वयनमा ल्याउन भन्दै खानी तथा भूगर्भ विभागमा पेस गरियो ।
प्रजातान्त्रिक गठबन्धनबाट म्याग्दी जिल्लाको क्षेत्र नम्बर १ राप्रपालाई परेपछि नेपाली कांग्रेस म्याग्दीका नेता–कार्यकर्ता रुष्ट भएका छन् । राप्रपा विभाजित भएसंगै जिल्लामा कमजोर बनेको शक्तीलाई आफ्नो बलियो पकट भएको क्षेत्रमा पार्टीले राप्रपालाई छोडेको भन्दै विद्रोहको चेतावनी नेता–कार्यकर्ताले दिएका छन् ।
चारवर्षे पदावधि हुने आइओएम सहायक डिनमा 'अर्को व्यवस्था नभएसम्म' का लागि भन्दै अस्थायी प्रकृतिको जिम्मेवारी दिएर त्रिविले अपमान गर्न खोजेकाले चारजनाले पत्र बुझ्न इन्कार गरेका हुन्।
राष्ट्रिय जनता पार्टी नेपालले दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्ने सरकारको निर्णय आफूहरुलाई अस्वीकार्य रहेको बताएको छ। राजपा अध्यक्ष मण्डलका तीन नेताहरु राजेन्द्र महतो, राजकिशोर यादब र अनिल झाले सरकारको निर्णय अस्वीकार्य भएको यसबारे छिटै पार्टीले धारणा सार्वजनिक गर्ने जनाएका हुन्।