१० मंसिर २०८१ सोमबार
image/svg+xml

दसैंमा छैन तिहारसम्म आउला

यस वर्षको दसैं आउन १५ दिनमात्र बाँकी छ। वाणिज्य मन्त्रालयले सोमबार मात्र खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १० हजार टनका दरले खरिदको लागि सूचना गरेको छ। यसबाट सहुलियत मूल्यमा सरकारी चिनी उपलब्ध गराउँदै आएका सहुलियत मूल्य पसलमा चिनी अभाव हुने देखिएको छ।

उनन्तीस बोरा चिनी बरामद

शुक्लाफाँटा नगरपालिकाको कलुवापुरबाट प्रहरीले आज भारतबाट राजश्व छलेर ल्याउँदै गरेको २९ बोरा चिनी बरामद गरेको छ। सडक छेउमा राखिएको अवस्थामा चिनीका बोरा बरामद गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए।

‘बालबालिकाको खानामा चिनीको मात्रा धेरै’

बालबालिकाका लागि व्यावसायिक रूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्याधिक पाइएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

चिनी उद्योगको नाकैमा परवल खेतीको लहर

सर्लाहीको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योग छेउछाउका अधिकांश जमिन परवल खेतीले भरिभराउ छ। छेउमै चिनी उद्योग रहे पनि विगत केही वर्षयता क्रमशः उखु मास्दै किसानहरु परवल खेतीतर्फ आकर्षित बन्दै गएका छन्। केहीवर्ष अघिसम्म वरिपरीका जमिनमा उखु खेतीले घेराउ हुने ईन्दुशंकर केही वर्षयता परवलको लहराले जेलिन थालेको छ।

नगदे बाली खेतमै सुकेपछि किसानको बिचल्ली

नवलपरासीको प्रतापपुर गाउँपालिका ९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमाासले सुकेका उखु हेरेर टोलाउँदै थिइन्। घर नजिकैको ६ कठ्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाइन्। जुन उखु उनका लागि खुनपसिना सबथोक हो। १० जनाको परिवार पाल्ने एकमात्र आयश्रोत हो। तर त्यहीँ उखुले अहिले उनलाइ दिनको भोक न रातको निन्द्रा बनाएको छ।

चिनी उत्पादन घट्दै

नवलपरासीका चिनी मिलहरु बन्द भइसके। तर केही किसानका खेतमा उखु काटिएकै छैनन्। अघिल्ला वर्ष जिल्लामा उत्पादित करिब २० लाख क्विन्टल उखु खपत हुन्थ्यो। यो वर्ष करिब १३ लाख क्विन्टल उखु मात्र क्रसिङ भएको छ।

मधुमेह हटाउन एचपिएफको अभियान सुरु

अलि दुब्लाउनु भएछ त ! केही समयअघिसम्म हृष्टपुष्ट देखिने व्यक्तिलाई कसैले प्रश्न ग-यो भने धेरैबाट आउने उत्तर हो ‘सुगरले खत्तम गरी गो नि !’

किसानलाई अझै सात अर्ब तिर्न बाँकी

समयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैयाँ दिएका छैनन्। उखु क्रसिङको सिजन सकिए पनि किसानले भुक्तानी पाएका छैनन्।

तीन चिनी उद्योग बन्द

मुलुकमै सबैभन्दा बढी उखु क्रसिङ गरेको ईन्दुशंकर चिनी उद्योग चालू सिजनका लागि बन्द भएको छ। सोमबार बिहान साढे १ बजेदेखि उद्योगले यो सिजनका लागि उखु क्रसिङ बन्द गरेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए।

इन्दुशंकर चिनी मिल बन्द !

सोमबार बिहान साँढे १ बजेबाट उद्योगले यो सिजनका लागि उखु क्रसिङ बन्द गरेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। रजकका अनुसार उद्योगले यस वर्ष ३५ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ।

दुई चिनी उद्योग बन्द, ईन्दुशंकरमा 'नो क्यान'

जिल्ला स्थित दुईवटा चिनी उद्योगले यस वर्षको क्रसिङ्ग बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ।

भन्सार अपचलनमा किन सहमत भए अर्थमन्त्री ?

महालेखाको प्रतिवेदन भन्छ – ‘३० प्रतिशतलाई आधार मान्दा ५३ करोड ६६ लाख ९५ हजार भन्सार राजस्वमा प्रभाव परेको देखिन्छ। खुला बजारमा पैठारीकर्ताले आयात गरेको चिनी सस्तो भएकाले साल्ट ट्रेडिङलाई दिइएको ३८ करोड ७६ लाख राजस्व छुटको औचित्य देखिएन।’

किसान ठग्दै चिनी उद्योग

वर्षौंदेखि उखुको मूल्य र भुक्तानी दुवैमा किसानलाई अल्झाइरहेका चिनी उद्योगीले चालु आर्थिक वर्षमा पनि करिब आठ अर्ब रुपैयाँ अझै भुक्तानी गरेका छैनन्। चिनीको मुख्य सिजन चाडपर्वको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मूल्यमा झुक्याएर आयात रोक्न सफल भएका व्यवसायीले किसानलाई भुक्तानी दिन अल्झाइरहेका छन्। प्रधानमन्त्री ओलीले सोमबार नेपाल उद्योग परिषंघको कार्यक्रममा चिनी उद्योगीले आफूलाई झुक्काएको बताएका थिए।

प्रधानमन्त्री ओलीकाे गुनासाे : व्यापारीले झुक्याए

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले झुक्याएको गुनासो गरेका छन्। नेपाल उद्योग परी संघको १६ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले चिनी व्यापारीले कालाबजारी गरेको आरोप लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्