८ वैशाख २०८१ शनिबार

अनेरास्ववियूको आन्दोलन : प्रतिगमनलाई जुत्ता हान्नेदेखि सिंहदरबार अगाडि थाल ठटाउनेसम्म

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारविरुद्ध चौंथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

संसद विघटनविरुद्ध टुँडिखेलमा मानव साङ्लो

नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो बनाएका छन्। नेकपा कार्यकर्ताले मानव साङ्लो बनाएर टुँडिखेल घेरेका हुन्।

अदालतलाई यसो गर र उसो गर भन्न मिल्दैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनको निणर्यबारे सर्वोच्च अदालतलाई दवाव दिन नमिल्ने बताएका छन् ।

एमिकस क्युरीका सदस्य खरेल भन्छन् : संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिएको छैन

वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले नेपालको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको बताएका छन्।

ओली पक्षका ९० प्रतिशत सांसद संसद् विघटनको विरोधमा छन्, गुटले बोल्न गाह्रो भएको हाे : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोधमा रहेको दाबी गरेका छन्।

तस्बिरमा हेर्नुहोस् कांग्रेसको विरोध प्रदर्शन

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार देशभर विरोध प्रदर्शन गरेको छ। पार्टी केन्द्रीय समितिको माघ १३ गतेको निर्णयअनुसार कांग्रेसले सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न गरेको हो।

सर्वोच्च पुगेर चार पूर्वप्रधानन्यायाधीशले बुझाए लिखित जवाफ

अदालतको अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालत पुगेर जवाफ दिएका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सबै लोकतन्त्रवादीलाई देउवाको आग्रह

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सम्पूर्ण लोकतन्त्रवादीलाई नेपाली कांग्रेसले आग्रह गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गरेका छन्।

‘निरङ्कुशताको साक्षी बस्ने राष्ट्रपतिविरुद्ध बोल्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिजस्तो संस्थाको साख गिराउने काम भएकाले आफूले राष्ट्रपति पदमा रहेकी विद्यादेवी भण्डारीविरुद्ध बोलेको बताएकी छन्।

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको विरोध सभा (तस्बिरसहित)

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको विरोध सभा सुरु भएको छ। यो समूहको विरोध सभा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको हो।

केपी ओलीले संविधानमा पनि आगो लगाए : पहाडी

मानव अधिकारवादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विघटनसँगै संविधानमा पनि आगो लगाएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री ओलीले संसद विघटनसँगै संविधान र आफ्नै दलमा आगो लगाएका बताए।

कांग्रेस नेता आचार्य भन्छन् : संयुक्त आन्दोलन असम्भव

नेकपाको प्रचण्ड माधव समुहले नेपाली कांग्रेससहितका दलहरूसँग फागुन पहिलोसाता देखि संयुक्त आन्दोलन गर्ने बताइरहेका बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेकपाको प्रचण्ड–माधव खेमासँग संयुक्त आन्दोलन असम्भव रहेको बताएका छन्।

संसद विघटनको विरोधमा जुत्ता झुण्डाएर प्रदर्शन

प्रतिनिधिभसभा विघटनको विरोधमा विवेकशील पार्टीले प्रदर्शन गरेको छ। सोमबार माइतीघरमा जुत्ता झुण्डाएर दलका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। उनीहरुले 'विभि विधान नकुल्च' भन्ने प्ले कार्ड बोकेका थिए। उनीहरुले असंवैधानिक संसद विघटन खारेज गर्नसमेत भनेका थिए।

प्रतिनिधिसभा विघटन मुद्दा : माघ ३० भित्र बहस सक्न प्रधानन्यायाधीशको आग्रह

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनको मुद्दामा माघ ३० गतेभित्र बहस सक्न भनेका छन्।

सर्वोच्चमा विचाराधीन मुद्धालाई लिएर जनतालाई सास्ती नदिऔं ः अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्