७ वैशाख २०८१ शुक्रबार

गलेश्वर मन्दिरमा साउने सोमबारको भेटी ९ लाख

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा साउन महिनाका पाँच सोमबारमा भक्तजनबाट ९ लाख २७ हजार २३ रुपैयाँ भेटी संकलन भएको छ।

खुला ठाउँमा गनिन्छ गलेश्वर मन्दिरको भेटी

देशभरका ठूला मन्दिरहरुको भेटी दुरुपयोगका खवर सार्वजनिक भइरहेको अवस्थामा गलेश्वर मन्दिरमा विगत एकदशक यता मन्दिर परिसर भित्र सर्वसाधारणले समेत प्रत्यक्ष अवलोकन गर्ने मिल्ने गरी भेटी गन्ने गरिन्छ।

गलेश्वर मन्दिरमा करिब १९ लाख भेटी संकलन

बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब १९ लाख ७० हजार दुई सय ५३ भेटी संकलन भएको छ।

म्याग्दीमा डिजिटल दान पेटिकाको उद्घाटन, स्मार्ट क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने

यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत् भेटी तथा दान सिधै कोषको बैंक खातामा जम्मा गर्न सक्छन्। बेनी नगरपालिकका मेयर सुरत केसीले म्याग्दीको वित्तीय क्षेत्रमा माछापुच्छ्रे बैंकको भूमिका महत्वपूर्ण रहेको बताए।

गलेश्वर मन्दिरमै कालिगण्डकी नदीको पानीले स्नान गर्न पाइने

म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ।

गलेश्वर मन्दिरको छाना पित्तलले छाउने

बेनी नगरपालिका–९ स्थित गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम मन्दिरको छाना फेरिने भएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो ।

गलेश्वर मन्दिर पित्तलले छाइने

बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो। मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गरे।

मास्क नलगाए मन्दिर छिर्न नपाइने

बन्द रहेका प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर, महारानी थान र अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्