९ मंसिर २०८१ आइतबार
image/svg+xml

नवदुर्गा जात्रा हेर्न जाँदा

बोक्न त उसले पनि धेरै बोक्यो । मैले उसलाई फकाएर भोलि म तिमीलाई बुबासँग पैसा मागेर नाङ्गा चकलेट खुवाउँछु नि भनेर फकाएँ । त्यो बेलामा पन्ध्र पैसा जाने नाङ्गा चकलेट खूब चल्तीको थियो । जति चलाख भए पनि साथी चकलेट खाने लोभमा फस्यो र मलाई बोक्न थाल्यो । पनौतीको बसपार्क आउनै लाग्दा म हिंड्न थालें । हाम्रो घर बजारमै थियो । हामी घर पुग्दा साँझ पर्न लागेको थियो । बिदा भई आआफ्नो घर जाने बेलामा साथीले मलाई चकलेट खुवाउने बाचा सम्झाए । म हाँसेर घरतिर लागें ।

जेब्राक्रस

बाटाको वल्लो छेउदेखि पल्लो छेउसम्म सेतो धर्सा कोरेको सिमानालाई जेब्राक्रस भनिन्छ । जेब्राक्रस नभएको ठाउँमा बाटो काट्नु कसैका लागि पनि राम्रो कुरा होइन नि । ठाउँठाउँमा जेब्राक्रसको चिनो लगाएको हुन्छ । एकछिन हिँडेमा आफू पनि सुरक्षित अरू पनि सुरक्षित भइन्छ । त्यसैले सुरक्षित हुन हिँड्नु नै राम्रो होइन । हत्तारिएर खतरा मोल्नुभन्दा एकछिन हिँडेर केही बिग्रदैन नि छोरा ।

दसैँमा दुई नम्बर

हामी अपराह्न ४ बजे भरतपुर आइपुग्यौँ । भरतपुरको घर आएपछि मैले ममीलाई चन्द्रनिगाहपुर जाँदादेखि त्यहाँ भएका र फर्कँदाका सबै घटना सुनाएँ । दिदीले पनि सुन्नुभयो । कोरोना र लकडाउनपछि कतै पनि हिँड्न पाएको थिइनँ । यसपालि दसैँको अवसरमा आफ्नो पुख्र्यौली घर जान पाएँ । यात्रा गर्दा खुब रमाइलो लाग्यो । कोरोनाको प्रभाव हट्यो भने तनहूँको खैरेनीटारमा रहेको मामाघर र काठमाडौँ जाने रहर छ । चाँडै मेरो रहर पूरा होओस् भन्ने लागेको छ ।

कोरोना कहर

आफैंले बचाउँ अस्तित्व आफ्नो नहिँडू बिनाकाम बाँचेर आफू जोगायौं समाज नमेट्टोस् आफ्नै नाम ज्ञान खोज एक भई औषधि खोप अगाडि सार्नु छ जितेर मनले पछार्दै रोगलाई निर्मूल पार्नु छ !

टेलिभिजनको चर्चा

मलाई त्यो बेला लाग्यो कि टेलिभिजनको आकार जत्रो भए पनि कुरो त एउटै आउनुपर्ने हो । सानोमा सामान्य कुरा र ठूलामा मात्र विशेष कुरा आउने उनको कुरा हावा लाग्यो मलाई । सानामा सानै आकारको आउला अनि ठूलामा ठूलै । विषय नै फरक त नआउनुपर्ने हो, मेरो मनले घरीघरी मसित भनिरहेको थियो । तर उमेरमा आफूले मान्नुपर्ने मान्छेले भनेको कुरा । वादविवाद गर्ने कुरा पनि भएन । तैपनि मेरो मनले उनको मत मान्न तयार भएन । मनमनै आफूले आफैलाई भनें, “यस्तो पनि हुन्छ?”

म पनि कालु पाँडे पुगें नि !

दहचोक उचाइबाट उपत्यकाको चारैतिर हेरयौं । हुस्सुले ढाकेकोले दृष्य त्यति प्रष्ट थिएन । अझ त्यस ठाउँबाट गोरखा, नुवाकोट देखिन्छ रे । हुस्सुले गर्दा हामीले त्यो सौभाग्य पाएनौं । मनकामना मन्दिर, इन्द्रदह, बाटोमा पर्ने स्विजरल्याण्ड पार्क र बन्दै गरेको भ्यूटावरले पनि दहचोकको महत्व बढाएको देखिन्छ । कीर्तिपुरको युद्धमा विरगति प्राप्त गरेका काजी कालु पाँडेलाई समाधिस्थ गरेको हुँदा हाल यस ठाउँलाई बोलीचालीमा कतिपयले कालु पाँडे समते भन्न थालेछन् । यसरी म पनि साइकल चलाएरै कालु पाँडे पुगें नि !

अनलाइन स्कुल, अनलाइन परीक्षा

अघिल्लो सालसम्म परीक्षाको दिन विद्यालयमा उपस्थित हुनुपर्ने, मूलढोकामा प्रवेशपत्र देखाउनुपर्ने, झोलामा अनावश्यक कुरा बोकेको छैन भनेर झोला खोलेर देखाउनुपर्ने अनेक किसिमका नियमभित्र बाँधिएर परीक्षा दिएका हामीलाई अहिले आफ्नै घरमा बसेर, आफै इमानदार भएर, आफ्नो मूल्याङ्कन आफैँले गर्ने गरी परीक्षा दिन पाउने वातावरण यही कोरोनाले बनाइदिएको छ ।

दयालु पुन्टी

बच्चा लिएर पुन्टी र कली खुसीसाथ बाहिर आँगनमा आए । कलीले आँखाभरि आँसु पार्दै भनी, ‘दिदी तिमी कति दयालु ! तिमीले गर्दा मैले मेरो बच्चा पाएँ । यो गुन म कहिल्यै भुल्ने छैन । धेरैधेरै धन्यवाद ।’ उनी रमाउँदै बच्चासहित छिटोछिटो आफ्नो वासस्थानतर्फ भागी । जाँदै गरेकी कलीलाई एकोहोरो हेर्दै गरेकी पुन्टीको एकमनले भन्यो, ‘कलीलाई सहयोग गरेर कहीँ मैले मालिकलाई धोका त दिइनँ ?’ तर अर्काे कोमल आमा मनले भन्यो, ‘हैन आमा र बच्चाको मिलन गराउनु धर्म हो ।’ सोचले खुसी भई । सन्तोषको लामो सास फेरि र जाँदै गरेका आमा बच्चालाई हेरिरही ।

मेरो बाबा

मेरो जिन्दगीको एक घाम तिमी हौ मैले लेख्ने एउटै संसारमा नाम तिमी हो भाग्य लेख्ने मसी हुन्छ हुन्न के थाहा सबैका छन् यहाँ आफ्नाआफ्नै व्यथा सपना देखेर पूरा गर्ने काम तिमी हौ मेरो जिन्दगीको एउटै राम तिमी हौ ।

नातिनी र हजुरआमा कथा वार्तामा

म हजुरलाई कथा भन्छु हजुरले मेरो कथा लेखिदिनु न प्लिज। अनि उनलाई प्रेरित गर्न उनले बुनेको कथा हजुरआमाले लेखिदिनु हुन्छ। उनको भावलाई नबिगारीकन अलिअलि मिलाएर मात्र लेखेको । अश्लेषा कथा अश्लेषाको रचना हो । यो कथाको चित्र पनि अश्लेषाले नै बनाएको हुन् । पढेर भन्नु ल अश्लेषाले बनाएको कथा कस्तो लाग्यो ! चित्र कस्तो भयो !

सूर्य

सूर्य तिमी मलाई कति प्यारो लाग्दछ धरतीमा आउँदा जाडो सबै भाग्दछ । बादलुको घुम्टोमा लजाएर बसेको हेरहेर किरण मनैभित्र पसेको । फैलाएर उज्यालो रातलाई पेल्दछौ ,हामीसँग साँझमा लुकामारी खेल्दछौ ।

ललिता ‘दोषी’ का दुई बालकविता

राम्रोसँग पढ्न पाए बन्थेँ ठूलो मान्छे पेटभरि बुबुमाम म पनि त खान्थेँ कोही भए बुझ्ने मेरा मनका कुरा ठूलो मान्छे हुने रहर पूरा हुन्थ्यो होला ।

फूलबारी

बालापन हाँस्छ मेरो फूलबारीमा रमाइला पलहरु मेरो मनमा फुर्सदका मेरा दिन बित्छन् बागमा हाँस्छु घरि नाच्छु यिनै फूलसँग म । फूलबारीमा चराहरू कति सुन्दर लाग्यो यिनै चराजस्तै उड्ने रहर चिसो चिसो बतासले मनै हरर फूलको डाली हल्लाउँछ हावा फरर ।

इमान

“नरिसाउनुस्, बुबा । मैले चोरेको होइन । खसेको पैसा लिएको मात्र हो । म भोलि नै फिर्ता गर्छु । मैले थाहा पाइसकें । गल्ती लुकाउन गाह्रो हुन्छ भनेर । अबदेखि म इमानदारीलाई कहिले बिर्सन्नँ । आज मैले गरेको प्रतिज्ञा जीवनभर पालना गर्छु । म मेरो बानी सुधार्छु ।”

बालमनोविज्ञान र बालसाहित्य

बालसाहित्य लेखनभन्दा प्रौढ साहित्य लेखनमा बढी मेहनत, कठिन र जटिल हुने कुरा एक थरीको तर्क छ भने प्रौढ साहित्यिक लेख लेख्ने क्रममा, प्रचुर मात्रामा शब्दहरू खेलाउन पाइन्छ भने बालसाहित्यमा शब्दको खडेरी हुन्छ । जुन उमेर समूहको बालरचना, लेखआदि सृजना गर्नु पर्दा त्यही उमेर समूहको बनेर रचना गर्नुपर्ने हुन्छ । त्यसरी, शब्द विन्यास र चयन गरेर बालमनोवैज्ञानिक रंगीन चित्र अंकित र मनोरञ्जनात्मक बाल हितकारी पुस्तक निकाल्नु सहज र सरल छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्