२० असार २०८१ बिहीबार
image/svg+xml
कला

नातिनी र हजुरआमा कथा वार्तामा

लक्ष्मी उप्रेती  

 

सात वर्षकी नातिनी असश्लेषाले प्राय कथा सुनाउने गर्छिन आफै बनाउँदै । उनले बुन्दै सुनाएको कथा कार्टुनमा देखिने जस्तो नभएकाले हजुरआमालाई आमाबाबालाई राम्रो लाग्छ। यो समयमा  छटपटिएर पटकपटक टेलिभिजन खोल्दै कार्टन हेर्ने बालकको कल्पना गर्ने क्षमता देखेर घरमा सबै दङ्ग पर्नुहुन्छ।

आफूले बनाएर सुनाएको कथा सुनेर बाबाआमा र हजुरआमा रमाउँदा  अश्लेषालाई झन् रमाइलो लाग्यो। त्यसपछि  मेरो कथा  अरूलाई पनि  कसरी सुनाउनु भनेर हजुरआमालाई सोध्छिन्। हजुरआमाले भन्नुहुन्छ लेखेर छपाए सबैले पढ्छन् नि। पछि अलि ठूली लेख्न सक्ने भएपछि लेखौली नि भन्नुहुन्छ। तर, उनले हजुरआमालाई  भन्छिन् । म हजुरलाई कथा भन्छु हजुरले  मेरो कथा लेखिदिनु न प्लिज। 

अनि उनलाई प्रेरित गर्न उनले बुनेको कथा हजुरआमाले लेखिदिनु हुन्छ। उनको भावलाई नबिगारीकन अलिअलि मिलाएर मात्र लेखेको । 

अश्लेषा कथा अश्लेषाको रचना हो । यो कथाको चित्र पनि  अश्लेषाले नै बनाएको हुन् । पढेर भन्नु ल अश्लेषाले बनाएको कथा कस्तो लाग्यो ! चित्र कस्तो भयो !

अश्लेषा उप्रेती  

खेलाउने घोडा

सात वर्षकी आश्मा र आमा एकदिन बजार गए। आमासँग जम्मा १५ रूपैयाँ मात्र थियो। आश्माले बजारमा  खेलौने घोडा देखिन्। उनलाई त्यो निकै मन परयो। 

मामु, मलाई त्यो खेलाउने घोडा किन्दिनुस् न भनिन् । आमाले छोरी मसँग यो किन्न पुग्ने पैसा छैन भनेर फर्काइन्। 

आमाले त्यसो भनेपछि आश्मा चुप लागेर आमासँग बजार घुम्न थालिन् । अलिक परतिर पुगेपछि आश्माले खुत्रुके बेच्दै गरेको पसल देखिन्।  खुत्रुके देखेर मनमनै सोचिन् –  कहिलेकहीँ कसैले दिएको पैसा यसैमा जम्मा गर्छु र धेरै  भएपछि त्यो खेलाउने घोडा किन्छु ।  अनि आमालाई मामु यो खुत्रुके किन्ने पुग्ने पैसा छ भने किनिदिनु न भनिन्।  

आमाले छोरीलाई खुत्रुके किनिदिनुभयो। घरमा आएपछि खुत्रुके बोक्दै आमाछोरी नै नाचे।  

त्यस दिनदेखि आफूले पाएको पैसा आश्माले खुत्रुकेमा राख्न थालिन्। कहिले कहीँ आमाले पनि राखिदिनुभयो। 

यसरी आश्माको खुत्रुके केही दिनमा भरियो अनि खुत्रुकेको पैसा झिकेर उनलाई मन परेको खेलाउने घोडा किनेर ल्याइन्। त्यसपछि  त्यो घोडासँग आश्मा रमाउँदै खेल्न थालिन्।

प्रकाशित: २१ आश्विन २०७७ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App