२० असार २०८१ बिहीबार
image/svg+xml
कला

कोरोना कहर

बालगीत

  विमला निरौला

 

कोरोना कहर गाउँ र शहर छायो है छायो है  

न देख्छ आँखा न घुम्छ पाखा के रोग आयो है

हेर  आयो है !

 

लागेमा एकलाई परिवार घरका भ्याउँछ जहान

सास फेर्न सार्यो शरीरमा गार्यो वृद्ध वा जवान  

यो सूक्ष्म भाइरस लुकेर कहाँ कसरी बस्दछ  

विज्ञानलाई  गिज्याई भै  शक्तिशाली शरीरै डस्दछ  

 

कोभिड उन्नाइस जीवन झुन्ड्यास् हारजीत रङ्गमा

काप्दछ तन डराउँछ मन एक अर्का सँगमा

कोरोना कहर गाउँदेखि शहर छायो है छायो है  

न देख्छ आँखा न घुम्छ पाखा के रोग आयो है

हेर के रोग आयो है !

 

आफैंले बचाउँ अस्तित्व आफ्नो नहिँडू बिनाकाम  

बाँचेर आफू जोगायौं समाज नमेट्टोस् आफ्नै नाम  

ज्ञान खोज एक भई औषधि खोप अगाडि सार्नु छ  

जितेर मनले पछार्दै रोगलाई निर्मूल पार्नु छ

 

सुरक्षित बसौं घरभित्रै रहूँ स्वास्थमा  दिऊँ ध्यान

हाँसेर बिताऊँ खुशीले जितौं स्फूर्त रहोस् मन

 

कोरोना कहर गाउँदेखि शहर छायो है छायो है  

न देख्छ आँखा न घुम्छ पाखा के रोग आयो है

हेर के रोग आयो है   !

प्रकाशित: १३ कार्तिक २०७७ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App