२० असार २०८१ बिहीबार
image/svg+xml
कला

जेब्राक्रस

बालकथा

लक्ष्मी उप्रेती

 

‘बाबा जेब्राक्रस भनेको के हो ।’ सुमनले बुबासँग सोध्यो ।

बुबाले भन्नुभयो, ‘जेब्राक्रस भनेको बाटो काट्ने चिनो भएको क्षेत्र हो, बाबु ।’

‘जेब्राक्रसबाट बाटो काट्दा के हुन्छ ?’ जिज्ञासा थप्यो सुमनले ।

‘शहर बजारमा थुप्रै गाडीहरू हुन्छन् । बाटो सानो हुन्छ । सबैलाई गन्तव्यमा पुग्न हतार भएको हुन्छ । जेब्राक्रसबाट बाटो काट्दा सुरक्षित भइन्छ । मोटरगाडीले पनि जेब्राक्रसमा मान्छेलाई बाटो काट्न पर्खन्छन नि । किन र बाबु ?’ छोरालाई सम्झाउँदै बुबाले सोध्नुभयो ।

आज सरले पैदल हिँड्नेले जेब्राक्रसबाट बाटो काट्नुपर्छ । नत्र दुर्घटना निम्तन्छ, भन्नु भको थियो  तर सरले भनेको जेब्राक्रसबारे राम्ररी बुझेको थिइन् र सोधेको नि । स्कुलमा सरबाट नबुझेका कुरा अलि जान्न चाह्यो ।

‘हो नि बाबु, पैदल हिँड्नेले जेब्राक्रसको चिनो भएको ठाउँबाट हिँड्नुपर्छ । जहीँत्यहींबाट हिँड्नाले दुर्घटना हुन के बेर र ? मोटरगाडीहरू तीव्र गतिमा कुदेका हुन्छन् । जेब्राक्रसमा जस्तो पर्खिएर रोक्दैनन् नि । आफ्नै सुरले कुदाइरहेका चालकले जहीँत्यहीँ गाडी रोक्नु पर्दा झर्किन्छन् । यसैले दुर्घटनामा परी धेरैको त्यत्तिकै ज्यान जान्छ । चोटपटक लाग्छ । त्यसैले जेब्राक्रसको चिनो भएको सिमानाबाट मात्र बाटो काट्नु सुरक्षित हुनु हो ।’ बुबाले सम्झाउनुभयो । 

मनमा उब्जिएका कुरा सुमनले सोध्दै गयो, ‘जेब्राक्रस भएको ठाउँ कस्तो हुन्छ अनि जेब्राक्रस नभएको ठाउँमा बाटो काट्नु प¥यो भने के गर्ने नि बाबा !’ 

बाटाको वल्लो छेउदेखि पल्लो छेउसम्म सेतो धर्सा कोरेको सिमानालाई जेब्राक्रस भनिन्छ । जेब्राक्रस नभएको ठाउँमा बाटो काट्नु कसैका लागि पनि राम्रो कुरा होइन नि । ठाउँठाउँमा जेब्राक्रसको चिनो लगाएको हुन्छ । एकछिन हिँडेमा आफू पनि सुरक्षित अरू पनि सुरक्षित भइन्छ । त्यसैले सुरक्षित हुन हिँड्नु नै राम्रो होइन । हत्तारिएर खतरा मोल्नुभन्दा एकछिन हिँडेर केही बिग्रदैन नि छोरा ।

सुमनले बुबाको कुरा बल्ल बुझ्यो । अब यी कुराहरू साथीहरूलाई पनि बुझाउने सुमनले विचार ग¥यो र बुबासँग अनुमति माग्यो ।

‘हुन्छ बाबु, यस्ता कुरा सबैले जान्नुपर्छ । यो भनेको ट्राफिक नियमका कुरा हुन् । बरु जेब्राक्रसबारे तिमीले त राम्ररी बुझ्यौ नि ।’ बुबाले सोध्नुभयो ।  

‘बुझे बाबा !’ सुमन रमाउँदै भान्छातिर  गयो ।

घरमा आमालाई सघाउन गाउँबाट भर्खर आएकी काकीलाई पनि जेब्राक्रसबारे बतायो । अनि पैदल हिँड्दा जेब्राक्रसबाट हिंडे सुरक्षित भइन्छ  भनेर सुमनले बुबाले भनेका कुराहरू बुझाउँदै सचेत गरायो ।

प्रकाशित: १४ कार्तिक २०७७ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App