२० असार २०८१ बिहीबार
image/svg+xml
कला

सूर्य

कविता

सूर्यप्रसाद लाकोजू

 

सूर्य तिमी मलाई  

कति प्यारो लाग्दछ

धरतीमा आउँदा

जाडो सबै भाग्दछ ।

बादलुको घुम्टोमा

लजाएर बसेको

हेरहेर किरण

मनैभित्र पसेको ।

फैलाएर उज्यालो

रातलाई पेल्दछौ

हामीसँग साँझमा

लुकामारी खेल्दछौ ।

घाम तिमी नभए

हामी बाँचे कसरी ?

हामी पनि जम्नेछौं

पानी जम्छ जसरी ।

तिमीबाटै संसार

निरन्तर चलेको

हरियाली भएर

फूल पनि फुलेको ।

अन्धकार हुन्छ नि  

धरतीमा नआए

बाँच्न पनि सक्दैनौं

तिम्रो माया नपाए ।

बसेका छौ हाँसेर

बादलको नि माथि

भलो गर्ने अरूको

तिमी कति छौ जाति ।

प्रकाशित: १९ आश्विन २०७७ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App