भारतको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण
भारत सरकारको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंस्थित भारतीय राजदूतावासका द्धितीय सचिव निरजकुमार जैसवालको उपस्थितीमा रातामाटास्थित मुक्ति उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरे।