२३ आश्विन २०८१ बुधबार
image/svg+xml

खोपकेन्द्र भवन निर्माण

पाल्पाको रामपुर नगरपालिकामा बाह्य खोपकेन्द्र भवन निर्माण गरिएको छ। खोप सुरक्षित राख्न र बालबालिका तथा नागरिकलाई भवनबाटै सहज सेवा उपलब्ध गराउन सो भवन निर्माण गरिएको हो।

ओखलढुंगा पूर्ण खोप सुनिश्चित जिल्ला

ओखलढुंगालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। खोप लगाउने उमेरका सम्पूर्ण बालबालिकाले समयमै खोप लगाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चि तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

सम्झनामा खोपासी भ्रमण

विभिन्न विद्यालयमा विद्यार्थीलाई किताबी शिक्षा मात्र नदिएर उनीहरूलाई विभिन्न ठाउँको अवलोकन गर्ने अवसर प्रदान गरी शिक्षा प्रदान गर्न शैक्षिक भ्रमणको व्यवस्था मिलाइन्छ। त्यसैगरी हाम्रो विद्यालय ‘विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय’ले पनि समयको व्यवस्था मिलाई कक्षाको तहअनुसार विद्यार्थीलाई विभिन्न ठाउँ घुमाउन लगिरहन्छ।

पूर्ण खोप सुनिश्चितता नगर घोषणा

हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ। नगरपालिकाभित्रका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो। ११ वडा रहेको नगरपालिकाभित्रका १२ महिनादेखि २३ महिनाभित्रका पाँच सय ५४ बालबच्चाले ११ महिनाको उमेरभित्रमा राष्ट्रिय खोप तालिकाअनुसार बिसिजी, डिपिटी–हेप बि–हिब, पोलियो, पिसिभी, दादुरा–रुबेला र जेई खोपको मात्रा पूरा गरेको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख रामकुमार भगतले बताए।

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप

जिल्लामा जापानिज इन्सेफलाइटिस खोप अभियान सञ्चालन हुने भएको छ। मस्तिष्कमा गम्भीर प्रकारको सङ्क्रमण हुने भएकाले यस रोगबाट बच्न जिल्लाका एकदेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई जेइ भ्याक्सिन लगाइन लागेको हो। अहिलेसम्म डोटीमा जापानिज इन्सेफलाइटिसका बिरामी नभेटिए पनि यो रोगबाट बच्न यही वैशाख २६ गतेदेखि खोप अभियान सञ्चालन हुन लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ।

छुटेकालाई वैशाखभरि खोप अभियान

सरकारले नियमित उपलब्ध गराउँदै आएको खोप लिन छुटेका बालबालिकालाई समेट्ने गरी वैशाखभर खोप अभियान सञ्चालन गर्ने भएको छ। वैशाख १ गते सुरु भएको सो अभियान देशभर सञ्चालन भइरहेको परिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बालस्वास्थ्य शाखाले जनाएको छ। कुनै पनि खोप लगाउनबाट बालबालिका नछुटून् भन्ने उद्देश्यले अभियान चलाइएको शाखाले जनाएको छ। सरकारको यो अभियान विगत ९ वर्षदेखि सुरु भएको हो।

खोपके विरुद्ध बजगाईको मुद्दा

खोज पत्रकारीता केन्द्र (खोपके) विरुद्ध गलत समाचार दिएको भन्दै गाली बेइज्जती मुद्दा दर्ता भएको छ्। गोरखा इन्काउन्टर्सका संचालक राजेन्द्र बजगाईले शुक्रबार ललितपुर जिल्ला अदालतमा यस्तो मुद्दा दर्ता गरेका हुन्।

नेपाल बाहेक कुनै देशमा लगानी छैन : विरेन्द्र महतो

खोज पत्रकारिता केन्द्रले गरेको खुलासामा आफ्नो नाम समेत जोडिएको भन्दै पूर्व सांसद विरेन्द्र प्रसाद महतोले आपत्ति जनाएको छन्।

डा.केसीकाे जीवन रक्षा गर्न माग

विवेकशील नेपाली दलले सत्याग्रहमा रहेका डा. गाेविन्द केसीका माग पुरा गरि उनकाे जीवन रक्षा गर्न माग गरेकाे छ।अनशनको दशौँ दिन पुगिसक्दा समेत सरकारका तर्फबाट उनकाे जीवन रक्षाका लागि कुनै पहल नहुनुले सरकारको चरम गैर–जिम्मेवारीपन र संवेदनविहीनता देखाउने दलकाे ठहर छ।

रेसम खेतीमा युवा आकर्षण

एक दशक अघि पनौती–१०, खोपासीस्थित रेसमखेती विकास शाखा (हाल रेसम विकास केन्द्र) मा डा. नरहरिप्रसाद घिमिरे सहायक व्यावसायिक कीट विज्ञका रुपमा कार्यरत थिए । त्यतिबेलासम्म रेसमखेती भनेको पाको मानिसले मात्रै गर्ने खेती भन्ने मान्यता थियो।

टिटी खोपको अभाव

भक्तपुर जिल्लाभरि टिटी खोपको अभाव भएको छ। बिरामीको अत्यधिक चाप हुने भक्तपुर अस्पताल, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य कार्यालयलगायतका क्लिनिकमा टिटीका खोप नपाइँदा समस्या भएको छ।

खोप र औषधिमा हेलचेक्र्याइँ

सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।

खोप लगाएको ५ घण्टामै बालकको मृत्यु

तिला गाउँपालिका ३ स्थित पाडा लुम्सेरागाँउमा डिपिडी र हिप बी खोप लगाएको पाँच घण्टामै एक बालकको मृत्यु भएको छ। खोपाका कारण डेढ महिनाका संभव भट्टराईको मृत्यु भएको हो । सकुसल बच्चा खोप लगाइसकेपछि एक्कासी बिरामी भएर पाँच घण्टामै मृत्यु भएको आफन्तले जनाएका छन्।

बाख्रा र कुखुरालाई बचाउन खोप अभियान

जिल्लामा बाख्रा र कुखुरालाई रोग लाग्नबाट बचाउन खोप आभियान सुरु गरिएको छ । बाख्रालाई पिपिआर र कुखुरालाई रानीखेतविरुद्धको खोप लगाउन सुरु गरिएको हो । सम्भावित महामारी फैलिनबाट बच्न खोप अभियान सञ्चालन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्