अरुण - ३ लाई लगानी जुट्यो
करिब अढाइ दशकअघि तत्कालीन नेकपा एमालेले अवरोध गरेपछि लामो समय रोकिएको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटेको छ।
करिब अढाइ दशकअघि तत्कालीन नेकपा एमालेले अवरोध गरेपछि लामो समय रोकिएको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ढिलो भए पनि अरुण तेस्रो जलविद्युत परियोजना बन्ने निश्चित भएको बताएका छन्। संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेपछि आयोजना निर्माण हुने निश्चित भएको उनले बताए।
मुलुकभर ३४ लाखभन्दा धेरै घरधुरी वैकल्पिक ऊर्जाबाट प्रत्यक्ष रुपमा लाभान्वित छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मुलुकभर वैकल्पिक ऊर्जा प्रयोग गर्ने सर्वसाधारणको संख्या बढिरहेको छ।
रसुवाको नौकुण्ड गाउँपालिका–१, थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको काम सात महिनादेखि ठप्प भएको छ।
माइखोलाका विभिन्न स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनाको काम तीव्र गतिमा छ। वर्ष दिनभित्र यहाँका तीन आयोजनाबाट २२.१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिँदैछ।
रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्। व्यापारीक घराना दुगड ग्रुपको लगानीमा निर्माण भएको परियोजनाबाट १ सय ५७ मेगावाट विद्युत उत्पादन हुनेछ। तर आयोजना निर्माणका क्रममा कम्पनीले त्यस क्षेत्रका समस्या र स्थानीयहरुको मागलाई बेवास्ता गर्दै आएको स्थानीयहरुको गुनासो छ।
हिँउदमा १०७३ गिगावाट आवर उत्पादन गर्न सकिनेछ। यो आयोजना तेह्रथुम, ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा क्षेत्रमा पर्छ।
आयोजनाको हालसम्म ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।
आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंकले ऋण लगानी गरेको छ।
रसुवाको उत्तरगया गाउँपालिका वडा न १ मा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत आयोजनालाई एक साताभित्र १३ वटा माग सम्बोधन गर्न दबाब परेको छ।
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सीमानामा बन्न लागेको ६ सय ३५ मेगावाटको दुधकोसी जलासययुक्त विद्युत आयोजनास्थलको मंगलबार निरीक्षण गरेका छन्।
कुल ६ सय ३५ मेगावाटको जलाशययुक्त दूधकोसी आयोजनाको अपडेटेड विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) एक महिनाभित्रै तयार हुने भएको छ।
१२० मेगावाट क्षमताको रसुवा–भोटेकोसी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उक्त आयोजनाको बिहीबार शिलान्यास गरिएको हो।
सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने भएको छ। उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित घरपरिवारले प्राप्त गर्ने मुआब्जाको लाभकर छुट दिने बताएका हुन्।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुने म्याद फेरि धकेलिने भएको छ। सन् २०१४ मा निर्माण सुरु भएको यो आयोजनाको म्याद तेस्रोपटक थप्न लागिएको हो।