९ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्मलाको हत्या कि आत्महत्या? यस्तो छ एक अध्ययनकाे निष्कर्ष

कैलाली घोडाघोडी– ४ की २३ वर्षीय पत्रकार निर्मला पहराइको आत्महत्या नभइ हत्या भएको स्थलगत अध्ययन प्रतिवेदनले औल्याएको छ। क्रियाशिल दलित पत्रकार संघको अध्ययन टोलीले शनिबार प्रतिवेदन सार्वजनिक गर्दै घटनाका दोषी उपर कारवाही गर्न माग गरेको छ। संघको अध्ययन टोली असोजको पहिलो साता घटनास्थल पुगेको थियो।

मलेसियामा नेपाली झुन्डिएको अवस्थामा भेटिए, हत्या गरेको आफन्तको दावी

रोजगारको सिलसिलामा मलेसियामा रहेका एक नेपाली झुन्डिएको अवस्थामा भेटिएका छन्। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ देविस्थानका ४० बर्षिय आजिम प्रसाद फगामीको शव कोठामा झुन्डिएको अवस्थामा भेटिएको हो। कोठाभित्र पंखामा पासो लगाएको अवस्थामा भेटिएका फगामी खुट्टाले भुई टेकेको अवस्थामा भेटिएकाले हत्या भएको आशंका गरिएको छ।

सम्झनाको हत्या गरेको राजेन्द्रले स्वीकारे

आफूसँग यौनसम्बन्ध राख्न र कानमा लगाएको सुनको मुन्द्रा दिन नमानेपछि जबरजस्ती करणी गरेपछि चिच्याउन थालेपछि कुटपिट गरी हत्या गरेको प्रहरीसमक्ष राजेन्द्रले स्वीकारेको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए।

रामहरि श्रेष्ठ हत्याकाण्ड: बटालालाई सफाइबारे पुनः सुनुवाइ हुने

गोविन्द बटालाले अधिकार प्राप्त अधिकारी र अदालतमा इन्कारी बयान गरेका, रामहरि श्रेष्ठलाई कुटपिट गरेको भन्ने मिसिलमा संलग्न कुनै पनि तथ्य प्रमाणबाट खुल्न नआएको ठहर गर्दै सर्वोच्चले सफाइ दिएको थियो।

आठ दिनपछि आफन्तले बुझे शव

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीको शव आठ दिनपछि आफन्तले बुझेर परम्पराअनुसार दाहसंस्कार गरेका छन्।

मधेसमा बढ्दै आत्महत्या

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार आव ०७५/७६ मा ७१७, आव ०७६/७७ मा ८१३ र चालु आव ०७७/७८ को साउन र भदौमा १५१ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता छन्।

सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही माग

नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ।

बुहारी मार्ने अधिकारी थुनामा

जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

जग्गा विवादले निम्त्याएको हत्या , एक महिनापछि ४ जना पक्राउ

रौतहटमा एक दलित महिलाको हत्या भएको एक महिनामा हत्या आरोपमा चार जना पक्राउ परेका छन्। रौतहट प्रहरीले गढीमाई नगरपालिका वार्ड नम्बर ३ गम्हरिया पर्साको मुसहरी टोलाकी ३५ वर्षीया मिन्त्रादेवी बैठाको हत्याको अभियोगमा चार जनालाई पक्राउ गरेको हो।

घरमा एक्लै बस्दै आएकी महिलाको हत्या

घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ। परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा घर–आँगनमै ५० वर्षीया दयामनदेवी यादवको शव फेला परेको प्रहरीले जनाएको छ।

दण्डहीनताले दोहोरियो अपराध

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनामा धेरै तथ्य प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ ।

प्रहरी भन्छ : बलात्कार आरोपमा मिलापत्रबाट छुटेका राजेन्द्र नै सम्झनाका हत्यारा

२६ महिना अघि कंचनपुरकी १३ वर्षिय निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा पायो। अपराधीलाई कारवाहीको मागराखि देशैभर प्रदर्शन भए। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यान समेत गयो।

चारदिनदेखि सम्झनाको शव उठेन

मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्