२७ आश्विन २०८१ आइतबार
image/svg+xml

दाउफिन्स सेमिफाइनलमा

रूपन्देही ११ लाई २–० ले पराजित गर्दै क्यामरुनको दाउफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तीनवटा प्रतिष्ठित गोल्डकपको उपाधि हात पार्न सफल क्यामरुनी क्लबको जितसँगै झापा गोल्डकपको पहिलो चरणका खेल सकिएका छन् ।

प्रदेशस्तरीय फुटबलको तयारी पूरा

आठौँ राष्ट्रिय खेलकुद २०७५ अन्तर्गत तीन नम्बर प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।‘

नेपाल कुवेत र मलेसियासँग भिड्दै

आगामी चैत्र ७ र १२ गते नेपाली राष्ट्रिय पुरुष टोलीले कुवेत र मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नवनियुक्त प्रशिक्षक जोहान कालिनको प्रशिक्षणमा नेपालको राष्ट्रिय फुटबल टोलीले कुवेतसँग कुवेतमा खेलेको पाँच दिनपछि मलेसियासँग मलेसियामा नै मैत्रीपूर्ण खेल खेल्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

महिला टोलीमा अटिनन् अनु

फागुनको अन्तिम साताबाट नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २० सदस्यीय नेपाली महिला टोलीको घोषणा गरिएको छ ।

विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता, रंगशाला महिला मैत्री नहुँदा समस्या

नेपालको फुटबल इतिहासमा पूर्व क्षेत्रको महत्वपूर्ण योगदान   छ । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्न जाने अधिकांश खेलाडी पूर्वकै थिए । त्यसमा पनि विराटनगरले अग्रणी भूमिका निर्वाह गरेको थियो । पहिलो टोलीका कप्तानदेखि अधिकतर खेलाडी विराटनगरकै थिए ।

टोटेनह्याम च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० ले स्तब्ध पार्दै इङ्लिस क्लब टोटेनह्याम च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

महिलामैत्री छैन रंगशाला

नेपालको फुटबल इतिहासमा पूर्व क्षेत्रको महत्त्वपूर्ण योगदान  रहेको छ। नेपालबाट आधिकारिक रूपमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल ‘म्याच’ खेल्न जाने अधिकांश खेलाडी पूर्व क्षेत्रकै थिए।

आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलाई

आर्मीलाई सडन डेथमा पराजित गर्दै दुई पटक पछि परेको अवस्थालाई उल्ट्याएर रुस्लान थ्री स्टार क्लबले १७औं संस्करणको आहा रारा गोल्डकप उपाधि उचाल्यो।

भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग भिड्ने

भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रियल बेटिसलाई १–० ले पराजित गर्दै भ्यालेन्सिया उपाधि नजिक पुगेको हो।

फुटबल विकासमा चीनले सहयोग गर्ने

चिनियाँ फुटबल संघ (सिएफए) ले नेपाली फुटबल विकासमा सहयोग गर्ने भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र सिएफएका कार्यवाहक अध्यक्ष तथा खेलकुद उपमन्त्री जु चाओचाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

आहा रारा गोल्डकपकाे उपाधिका लागि आर्मी र थ्री स्टार भिड्ने

पोखरामा जारी १७ औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्री स्टार क्लब बीच प्रतिष्पर्धा हुने भएकाे छ।

प्यारापिट नहुँदा घट्यो फुटबलको मोह

पोखरा रंगशालाको प्यारापिट भत्काइएको १४ महिना बितिसकेको छ। दर्शक र भिआइपी प्यारापिट रहेको ठाउँमा नयाँ जगसमेत बसिसकेको छैन। जहाँ दर्शक प्यारापिटमा ४ हजार र भिआइपिमा ५ सय मानिस अटाउँथे। वि.सं. २०४० सालमा बनाइए दुवै गतवर्षको माघमा भत्काइएको थियो।

‘क्याप्टेनले विश्वकपभन्दा बढी मजा दिनेछ’

फिल्मको छायांकन भइरहँदा मैले आफुलाई नायक अनमोल केसी ठानिन्। किनकी म इशान खड्का बनिसकेको थिएँ। मैदानमा प्रवेश गर्नु अघि प्रवेशविन्दुमा ढोग्थें। जर्सी लगाएर दौड्दा राष्ट्रियताको महशुस हुँदोरहेछ।

तिलोत्तमा गोल्डकपकाे उपाधि दाफिन्सलाई

पाहुना टोली दाफिन्स एफसी क्यामरुनले २१ औं तिलोत्तमा गोल्डकपको उपाधि उचाल्दै सिजनको ह्याट्रिक गरेको छ। बूढासुब्बा गोल्डकपको बदला लिने दाउमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबलाई सडन डेथमा ६–५  गाेल अन्तरले क्यामरुनी टोलीले स्तब्ध पार्दै उपाधिमा कब्जा जमाएकाे हाे।

महिला साफ फुटबल प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा

दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्